महिला अभियान सहकारीको स्थापना दिवस


भक्तपुर फागुन २६ । महिला अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औ स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
महिलाद्धारा संचालित भक्तपुर जिल्ला अनन्तलिंगेश्वर १ अवस्थित महिलाअभियान साकोसले प्रत्येक वर्ष फागुन २३ गते विविध कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
स्थापना दिवसको अवसर पारेर संस्थाले संस्थमा आवद्ध जेष्ठ सदस्यहरुलाई सम्मान गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष सृजना शर्मा चुडालको सभापतित्वमा संचालित सो कार्यक्रमको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैकका सञ्चालक सदस्य सरिता भट्टराईद्धारा दिप प्रज्वलनका साथ गरिएका थियो ।

वृद्ध तथा बालबालिका उपसमितिका संयोजक इन्दिरा चौलागाईले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको संचालन कविता बाचन संगै संस्थाका प्रवन्ध संचालक दुर्गा तिवारी संजेलले गर्नुभएको थियो।

जेष्ठ सदस्यहरुलाई दोसल्ला ओडाई प्रमाण पत्रप्रदान गरि सम्मान गरिएको कार्यक्रममा विष्णु कुमारी संजेल, सीता घिमिरे, कृष्ण कुमारी न्यौपाने, सुभद्रा रानाभाट,कर्म कुमारी थापा, धनकुमारी पराजुली,मेनु उपाध्याय, नन्दमाया घिमिरे उपस्थित हुनुहुन्थ्यो।

mahila 3

विषेश कारणवश भक्तपुर बाहिर रहनुभएका रोमा वेलवासे, चन्द्र कुमारी भट्टराई, डिल्लीमाया लामिछाने,लक्ष्मीदेवी न्यौपाने वुद्धछिमी श्रेष्ठ, गोमा श्रेष्ठ, रामहिरा देवी राई, अयोध्या पौडेलको सम्मान उहाँहरुका छोरी, बुहारीहरुले ग्रहण गरेका थिए ।
सम्मानित आमाहरुले संस्थाको दिगो उन्नति र विकास भइरहोस, सधै यस्तै खुशी साट्न पाइयोस भन्दै शुभकामना व्यक्त गरेका थिए । लेखा समिति संयोजक सोविता लुइटेलले ३७ जना शेयर सदस्यबाट स्थापना भएको यो संस्था आज ८सय ४ जनाको बनाउन सफल भएकोमा हामी सवै गौरवान्वित भएको  बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैैकका संचालक सदस्य सरिता भट्टराईले संस्था दर्ता गर्दाका क्षणको स्मरण गर्दै संस्थाले सधै शिक्षा तथा तालिममा तथा दोहोरो अन्तरक्रियात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो।

mahila 4
संस्थाकी अध्यक्ष सृजना शर्मा चुडालले संस्थाका बारेमा प्रकाश पार्दै भक्तपुर जिल्लामा महिलाद्धारा संचालित सहकारी संस्थामा ५ करोड माथिको कारोबार गर्ने एक मात्र संस्था महिला अभियान हुन सफल भएको बताउदै यो सफलता सम्पुणर््ा संचालक समिति, लेखा समिति, उपसमिति, कर्मचारी तथा सम्पुर्ण सदस्य साथीहरुको इमान्दारिता, लगनशीलतातथा मेहनतको फलभएको बताउदै सम्पुर्णमा आभार प्रकट गर्नुभयो । संस्थाको स्थापनाको कालदेखि हालसम्म सहयोग गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न