आत्मनिर्भरतर्फ लाग्नुपर्नेमा जोड


भक्तपुर, फागुन २७। सहकारीमार्फत उत्पादन बढाएर देशलाई आत्मनिर्भरतर्फ लाग्नुपर्नेमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले कृषिमा प्रयाप्तमात्रामा लगानी गर्न सके मात्र देश उभो लाग्ने बताए ।

अष्ट ज अभियान’ले भक्तपुरमा आयोजना गरेको कृषक अन्तक्र्रिया तथा भक्तपुर जिल्ला भेलालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सहकारीमार्फत उत्पादन बढाउन आवश्यक भएको बताए । उनले नेपालका कलकारखाना बन्द हुनुमा भारतको हात रहेको जिकिर गरे ।

‘ बिजुक्छेले भारतकै कारण नेपालमा उद्योगधन्दा फस्टाउन नसकेको आरोप लगाए । उनले भने–‘नेपालका केही नेतालाई कमिसन दिएर नेपालको उद्योगधन्दा धराशायी बनाएको छ ।’

अहिले पनि नेपालका नदीनालामाथि भारतको आँखा परेको चर्चा गर्दै पछिल्लो समय भारतकै इशारामा तराईमा भएको आन्दोलन र नाकाबन्दीले पनि नेपाली उत्पादन क्षेत्र धराशायी बनाएको बताए । अब सम्पूर्ण नेपाली एकजुट भएर उत्पादनतर्फ जोड दिन सके मात्र छिट्टै देशलाई आत्मनिर्भरतर्फ लैजान सकिने विश्वास व्यक्त गरे ।

अध्यक्ष बिजुक्छेले नेपालको तराई भूमिमा भारतले अघोषित रुपमा कब्जा जमाउन सुरु गरिसकेको आरोपसमेत लगाए । उनले तराईमा भएको आन्दोलन तराईका गरिब किसान तथा मजदुरको हितमा नभएको भन्दै आन्दोलनले किसान थप शोषित र पीडित भएको दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, अष्ट ज अभियानका पदाधिकारी र कार्यक्रममा उपस्थित किसानले किसानका विभिन्न समस्याका बारेमा बताएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न