दुई वर्षभित्र खाद्यन्नमा आत्मनिर्भरः प्रधानमन्त्री


काठमाडौ, फागुन २८। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो दुई वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने बताएका छने । नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार दुर्तगतमिा काम गरिरहेको जानकारी दिए ।

नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान)को ४२औंँ स्थापना दिवसका अवसरमामा आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दशक’ विषयक राष्ट्रिय कार्यशालामा बोल्दै ओलीले देशलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
दुई तिहाई भन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषिको आधुनिकीकरणको आवश्यकता रहेको रहेको चर्चा गर्दै कृषिमा आधुनिकता ल्याउन पहल थालिने बताए । कृषिमा जापानी सहयोगले निरन्तरता पाउने अपेक्षा गर्दै उनले भने–‘ जापानजस्ता विकसित मुलुकलाई नेपालको आर्थिक विकासमा खुला मनले सहयोग गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार अन्य सरकार भन्दा फरक भएकाले तीव्र आर्थिक विकासमा तप्परता देखाएको स्पष्ट पारे । उनले जापनमा सन् २०११मा भएको ठूलो भूकम्पपछिको पुनःनिर्माणको अनुभवसहित नेपालमा गत वैशाखमा आएको भूकम्पमा जापानले गरेको सहयोगको सह्राना गरे ।

प्रधानमन्त्रीले भन्नुभयो, “कृषिप्रधान मुलुक भए पनि खाद्यान्नमा आत्मनिर्भर हुनसकेका छैनाँै । यो अशोभनीय हो । दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ हामी अघि बढेको छाँै ।” उहाँले जमिनको अधिकतम् प्रयोग गरेर कृषिको व्यावसायिकरणमा जापानी सहयोग महत्वपूर्ण हुनसक्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको हक अधिकारको रक्षा प्रबन्ध गर्दै सन्तुलित आर्थिक उन्नति गर्दै जलवायु परिवर्तनको प्रभावबाट बच्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दोस्रो विश्वयुद्धको पीडाबाट एक दसकभित्रै पुनःनिर्माण गरेर संसारको सबैभन्दा दाताका रुपमा जापान अघि आएकामा प्रशन्नता व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानी राजदूत मासाही ओगावाले नेपालको आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि यो वर्ष उपब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

जापानी सहयोग नियोग९जाइका० नेपालका प्रमुख सुतोमी सिमुजीले ग्रामीण क्षेत्रमा कृषिको विकासका लागि औद्योगिकीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जानको मुखपत्र ‘मिलन’को लोकार्पण गरियो भने नवनिर्वाचित अध्यक्ष डा रामचन्द्र भूषालसहित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरियो ।

कार्यक्रमको दोस्रो सत्रमा मुख्य सचिव डा सोमलाल सुवेदी र कृषि क्षेत्रका सरकारी प्रतिनिधिले कार्यपत्र प्रस्तुती र छलफल भर्इ आगामी दिनमा नेपालको कृषिक्षेत्रमा जापनी सहयोगको सम्भावना औँल्याइनेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक