पैसा थुपार्दैमा सहकारी सफल हुँदैनः अधिकारी


नारायण भण्डारी

तुलसीपुर, फागुन २८ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्सकुन) का सञ्चालक दामोदर अधिकारीले पूजी र बचत थुपार्दैमा सहकारी संस्था सफल नहुने बताएका छन् । पैसा थुपार्नु मात्रै सफलता हो भन्ने भ्रम सहकारीका सञ्चालकहरुमा रहेको उल्लेख गर्दै उहाँले संस्थालाई सफल बनाउन सञ्चालकमा सहकारी सम्बन्धी ज्ञान आवश्य हुने उनको भनाई थियो ।
नेफ्स्कुनको आयोजना र बचत तथा ऋण जिल्ला संघ दाङको आयोजनामा आज देखि तुलसीपुरमा सुरु भएको अध्यक्षहरुको क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले सहकारीको सफलताका लागि सञ्चालकहरुमा त्यस सम्बन्धी ज्ञान महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अधिकारीले सहकारीमा लागेको समय धेरै हुँदैमा सफलता हुन नसक्ने भन्दै तालिममा सिकेका कुरा ब्यवहारमा नलगाउँदा सम्म परिर्बतन हुन नसक्ने दावी गरे । नेफ्स्कुनका मध्यपश्चिम संयोजक समेत रहेका अधिकारीले सहकारीलाई सदस्य मैत्री बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरण गर्न आवश्यक रहेको बताए । सहकारीले बचत तथा ऋणको कारोवारले मात्र दायित्व पूरा नहुने भन्दै उनले उत्पादन र आयआर्जनमा बढाउने अभियानमा सहकारी लाग्नुपर्नेमा जोड दिए । दैनिक उपभोग्य सामग्री सबै विदेशबाट आयात हुँदा अर्थतन्त्र परनिर्भर बनेको उल्लेख गर्दै अधिकारीले स्वाधित अर्थतन्त्रको निमार्णमा जुट्न सहकारी संस्था र सञ्चालकहरुलाई आग्रह गरे ।

नेफ्स्कुन फिल्ड कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख बिष्णु पौडेलको सञ्चालनबाट सुरु भएको कार्यक्रममा जिल्ला संघ दाङका सदस्य रत्नबहादुर वली र रेडयो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारीले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा नलगाउँदा सम्म तालिमको सार्थकता नहुने बताएका थिए ।

तीन दिन सम्म सञ्चालन हुने तालिममा मध्यपश्चिमका १५ जिल्लाका ३० जना सहकारीकर्मीहरुको सहभागीता रहेको छ । तालिममले संस्थाका सञ्चालहरुमा नेतृत्व र ब्यवस्थापकीय क्षमता अभिबृद्धि हुने आयोजकको विश्वास छ । तालिम सैद्धान्तिक भन्दा पनि ब्यवहारीक ज्ञानमा केन्द्रीत हुने बताइएको छ । नेफ्स्ुकुन लेखा समिति सदस्य हुमा डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बचत तथा ऋण सहकारी जिल्ला संघका सचिव रुप बहादुर खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन