कृषि र सहकारीमैत्री आर्थिक संमृद्विको बाटो अपनाइने


बर्दिया, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी अभियानले समाजका कमजोर बर्गलाई सवलिकरण गर्दै अघि बढेमा देश समृद्ध हुन धेरै समय नलाग्ने बताउनु भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकको प्रविधीक सहयोगमा वर्दियालाई साना किसानले ढाकेको पहिलो जिल्ला घोषणा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले कृषि र सहकारी मैत्री आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडी वढ्ने वताउनुभएको हो ।
बर्दियाका कृषि सहकारी संस्थाहरुलाई साना किसान विकास बैंकमा आवद्ध गराइ व्यवस्थापन हस्तान्तरण गर्ने कार्यक्रमका लागि उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर मौसमको खराबीले भैरहवा विमानस्थलमा अवतरण भएपछि उँहाले मुवाईलबाटै बर्दियाका कृषकहरुलाई सम्बोधन गर्नुभएको थियो ।
उँहाले नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकको अगुवाईमा ग्रामिण तहसम्म साना किसान कृषि सहकारीमार्फत पुगेको सेवाले ग्रामिण अर्थ तन्त्रमा पु¥याएको योगदान प्रशंसनिय रहेको बताउनुभयो ।
यसैविच वर्दिया जिल्लाका ३१ वटै गाविसमा सना किसान कृषि सहकारी संस्थाले सेवा सञ्चालन गरिरहेका छन् ।
वर्दियामा कृषि सहकारी संस्थाहरुले तोरिको तेल प्रशोधन, मसुरोको विउ उत्पादन एंव प्रसोधन, आलुको विउ उत्पादन, पशु पालन, दुध उत्पादन लगाएतका कृषि व्यवसाय गरिरहेका छन ।
२४ हजार ४ सय सदस्य रहेको कृषि सहकारी संस्थाहरुको लगानी १ अर्व ११ करोड ७१ लाख रहेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा र राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशव वडालसहित बर्दियाको राजापुरका लागि जाने क्रममा मौसम खरावीका कारण प्रधानमन्त्री सवार हेलिकप्टर गौतमबुद्ध बिमानस्थल भैरवहामा अवतरण भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक