एक करोड ललानीमा भेडापालन


म्याग्दी चैत १। यहाँका स्थानीयवासीहरुले एक करोड ललानीमा भेडापालन शुरु गरेका छन् । जिल्लाको बेगखोला गाविस–१ का विमल फगामीले रु एक करोडभन्दा बढी लगानी गरेर व्यावसायिक भेडापालन शुरु गरेका हुन् । उनले आफू स्वरोजगार बन्नुका साथै आठ जना युवालाई समेत गाउँमै रोजगारी दिएका छन् । ११वर्षअघि ५० वटा भेडा पाल्न सुरु गरेका ३० वर्षीय फगामीसँग अहिले ८ सय भेडा छन् । भेडापालनका लागि हालसम्म रु एक करोड २० लाख लगानी भइसकेको उनले जानकारी दिए । वर्षमा २०० भन्दा बढी भेडा बेच्ने फगामीले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । निमावि तहसम्मको शिक्षा हाशिल गरेका फगामीले भेडापालनबाट सन्तुष्ट रहेको बताए । “मासुका लागि गोठबाटै बिक्री हुने भएकाले बजारको कुनै समस्या छैन” उनले भने । बरुवाल जातका भेडा पालेका फगामी गोठ लिएर हिउँदमा कालीगण्डकी किनारदेखि बर्खामा निलगिरि र धौलागिरि हिमालको फेदीसम्म पुग्ने गर्छन् । सामुदायिक वनमा रुख बिरुवा हुर्किए पनि चरिचरन बन्द गरिनु, चरन क्षेत्रमा घाँस कम पलाउनु, चितुवाको आतङ्क र सरुवा रोग भेडापालन गर्न समस्या देखिएइको उनले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन