काठमाडौै बचत संघमा नयाँ नेतृत्वका लागि सहमती


काठमाडौं, चैत्र ४ । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कूनं) को नयाँ नेतृत्वका लागि सहमति भएको छ ।प्रमुख तीन पार्टी समर्थित सहकारीकर्मीको सहमतिले नयाँ नेतृत्वका उम्मेदवार तय गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी निकट सहकारीकर्मीको सहमति अनुसार एमाले समर्थितले अध्यक्ष, उपाध्यक्ष, सचिव र ६ सञ्चालक सदस्य, नेपाली कांग्रेस समर्थक सहकारीकर्मीले कोषाध्यक्ष, लेखा संयोजक र ४ सञ्चालक सदस्य, एकीकृत नेकपा माओवादीबाट एक सञ्चालक र एक लेखा सदस्यमा सहमति भएको छ ।

अहिले कास्कुनको परिसरमा सबै उम्मेदवारले मनोनयन गर्दा गराउदै छन् । कास्कुनको नयाँ नेतृत्वका लागि अध्यझमा केशव प्रसाद दंगाल, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र कोषाध्यक्षमा गोविन्द काफ्लेको उम्मेदवारी परेको छ ।

संचालकमा निरञ्जन सेढाई, राजकुमार खड्का,शुवास घिमिरे, रमिला श्रेष्ठ, देव नारायण चौलागाई, तारा सापकोटा, पुरुषोत्तम पौडेल, लेमन श्रेष्ठ, राजन ईटनी, विरेन्द्र भण्डारी, नवराज तामाङ छन् त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक कमलराज अधिकारी, सदस्यमा गोवर्धन केसी र सालिकराम पुडासैनीको नाम तय भएको छ ।

संघको नयाँ नेतृत्वका लागि अन्य उम्मेदवारले पनि मनोनयन गर्ने मनिस्थिती बनाएका छन् । संघको भोली हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस