बोर्डका कार्यकारी उपाध्यक्षद्वारा राजीनामा


काठमाडौँ, चैत ४ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आज पत्रकार सम्मेलन गर्र्द बुधबार सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीसामु राजीनामापत्र बुझाएक हुन् ।
गरिबी मन्त्रालय र बोर्डबीच समन्वयकारी भूमिका हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् । मलाई तत्कालीन सरकारले कार्यकारी अधिकार दिएर बोर्डमा सिफारिस गरेर पठाएको हो तर मेरो काम बिना कार्यकारी भयो । मैले उक्त पदमा बस्न उचित ठानिनँ । उनले भने ।

पौडेलले आफ्नो कार्यकालमा देशभरका २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरी नामावली प्रकाशन, पहिचान भएका घरको बारेमा गुनासो भए सोको सुनुवाइ, गरिबलाई स्माट कार्ड दिने निर्णय गरेको जानकारी दिए ।

पौडेल २०७१ कात्तिक २४ को मन्त्रिपरिषद्को निर्णयबाट बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान