नवजीवन सहकारीले लाभांश दिने


धनगढी, चैत ५। धनगढीaमा सञ्चालित देशकै सबैभन्दा पुरानो एक सहकारी संस्थाले १५ प्रतिशत नगद दिने भएको छ । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले आफ्ना सबै १४ हजार ३१६ सेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो ।

हालै भएको संस्थाको वार्षिक साधारणसभाले गरेको निर्णयअनुसार लाभांश वितरण गर्न लागिएको संस्थाका निमित्त महाप्रबन्धक चेतराज पनेरुले जानकारी दिए। लाभांश वितरणका लागि एक करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संस्थाले वार्षिक १५ प्रतिशतका दरले २०७१ साल असारसम्म सेयर सदस्य भएकालाई १२ महिनाको, २०७१ पुससम्म सेयर सदस्य भएकालाई छ महिनाको, २०७१ चैतसम्म सेयर सदस्य भएकालाई तीन महिनाको लाभांश वितरण गर्न लागेको हो ।

संस्थाले आर्थिक वर्ष २०७१/७२ को आर्थिक कारोबारबाट पाँच करोड १९ लाख ३८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । कर्मचारीका लागि १० प्रतिशत बोनस व्यवस्था रकमका लागि ४७ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ । सहकारी ऐन, २०४८ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति पाई २२ वर्षअघि स्थापना भएको नवजीवन सहकारी संस्था लिमिटेडको अधिकृत सेयर पुँजी २५ करोडरुपैयाँमध्ये २०७२ असारसम्म चुक्ता सेयर पुँजी नौ करोड ५९ लाख ८२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यस्तै, गत वर्षको निक्षेप एक अर्ब २६ करोड ४८ लाख ९६ हजार रुपैयाँबाट वृद्धि भई २०७२ साल असारसम्म संस्था कुल निक्षेप रकम एक अर्ब ६२ करोड पाँच लाख रुपैयाँ पुगेको छ । कैलाली र बर्दिया जिल्ला कार्यक्षेत्र रहेको संस्थाले सेयर सदस्यको आर्थिक स्तर वृद्धि गर्न व्यापार–व्यवसाय, उद्योग, कृषि, सेवा व्यवसाय, सवारीसाधन खरिद, घर निर्माण, घरेलु उपकरण खरिद, विपन्न वर्ग कर्जा, उभोक्ता कर्जा लगायतका क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक