कास्कुनमा नयाँ नेतृत्व


 काठमाडौं, चैत्र ५ । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी निकट सहकारीकर्मीको सहमति अनुसार सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।IMG_0032

कास्कुनको अध्यक्षमा केशव प्रसाद दंगाल, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र कोषाध्यक्षमा गोविन्द काफ्ले निर्वाचित हुनुभएको छ ।
संचालकमा निरञ्जन सेढाई, राजकुमार खड्का,शुवास घिमिरे, रमिला श्रेष्ठ, देव नारायण चौलागाई, तारा सापकोटा, पुरुषोत्तम पौडेल, लेमन श्रेष्ठ, राजन ईटनी, विरेन्द्र भण्डारी, नवराज तामाङ निर्वाचित भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक कमलराज अधिकारी, सदस्यमा गोवर्धन केसी र सालिकराम पुडासैनीको निर्वाचित भएका हुन् ।
संघको १२ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।IMG_0044

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रशाद बडालले सहकारीले रचनात्मक काम गर्न आवश्यक भएको बताए । समान सहभागिताले सहकारी संघसंस्थालाई बलियो बनाउने उनको तर्क थियो ।
सांसद पशुपति चौलागाईले सहकारीमार्फत अर्थतन्त्र सबल हुने बताए । सहकारीले नै अर्थतन्त्रको लिड गर्न सक्ने उनको भनाई थियो । संघका उपाध्यक्ष एंव सांसद ओमदेवी मल्लले सहकारीमा महिला सहभागिता अपरिहार्य भएको बताए ।
संघका सञ्चालक रबिन्द्र केसीले समुन्नत राष्ट्र निर्माण सहकारीमार्फत हुन सक्ने बतँए । सहकारीबाट कृषि क्रान्ति गर्न सके मात्र संमृद्व नेपाल निर्माण गर्न सकिने उनको भनाई थियो । IMG_0038
संघका सञ्चालक चन्द्र ढकालले सहकारी मुमेन्टलाई व्यवस्थापन गर्न आवश्यक भएकाले एकताबद्व देखाउन सहमतिमा नयाँ नेतृत्ग चयन गर्न आवश्यक भएको बताए । ऐन ल्याउने क्रममा विभाजित हुन नहुने सन्देश दिनका लागि चुनाव नगरी नयाँ नेतृत्व ल्याउन सफल भइएको उनले बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव परितोष पौडेलले समाजवाद उन्मुख समाज निर्माणका लागि सहकारीको उल्लेख्य भूमिका रहने बताए । सहकारीको व्यवस्थापनका लागि साकोसमा एकरुपता ल्याउन लागिएको बताए ।
डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख नारायणप्रशाद अर्यालले लेखा समितिले दिएको सुझाव संघले पालना गर्न सके धेरै कुरामा व्यवस्थित हुने बताए । बचत र निक्षेपमा अनुपात मिलाउन आवश्यक भएको उनले बताए ।
काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले राज्य सहकारीप्रति सकारात्मक नभएकाले सहकारी अभियान एकजुट हुन आग्रह गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?