सबै जिल्लामा सरकारी कार्यालय खोल्न माग


-नारायण भण्डारी-

तुलसीपुर, चैत ७ । मध्य तथा सुदुर पश्चिमका सहकारी अधिकृतहरुले प्रत्यक जिल्लामा सहकारी कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका छन् । सहकारी बिभागको आयोजनामा घोराहीमा सम्पन्न प्रगति समिक्षा गोष्ठीमा सहभागी मध्य र सुदुर पश्चिमका सहकारी डिभिजन र तालिम केन्द्रका प्रमुखहरुले सबै जिल्लामा सहकारी कार्यालय स्थापना गर्न माग गरेका हुन् ।

सहकारी डिभिजन कर्यालयले सीमित श्रोत साधनका बीच पनि ठूलो कार्यत्रक्षेत्रमा सेवा दिदाँ समस्या भएकाले सबै जिल्लामा सहकारी कार्यालयको स्थापना गर्ने ब्यवस्था गर्न आग्रह गरिएको डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोद कुमार पौडेलले जानकारी दिनुभयो ।

सहकारी संस्था र तीनमा आबद्ध हुने सदस्यहरुको संख्या बढ्दो रहेकाले धेरै जिल्लाका सहकारीलाई सेवा दिन नसकिएकाले सम्भव भएसम्म सबै जिल्लामा सहकारी कार्यालय स्थापना गर्न र त्यो सम्भव नभए प्रत्य जिल्लामा घुम्ती शिविर गर्ने गरी कार्यक्रम बनाउन बिभागलाई सुझाव दिइएको पौडेलले बताउनु भयो ।

कार्यक्रममा सहकारी प्रशिक्षण केन्द्र बाँके र धनगढी तथा दाङ, बर्दिया, सुर्खेत, जुम्ला, डोटी र कञ्चनपुमा रहेका डिभिजन सहकारी कायालयका प्रमुखहरुको सहभागीता रहेको थियो । उनीहरु सबैले सहकारी संस्था र सदस्यहरुको क्षमता बृद्धि हुने खालका कार्यक्रम बनाउन बिभागलाई सुझाव दिएको सहकारी अधिकृत पौडेलले जानकारी दिनुभयो ।

दुई दिन सम्म चलेको गोष्ठीमा दोश्रो चौमासिकको प्रगति समिक्षा गर्दै आगामी आर्थिक बर्षमा सञ्चालन गर्ने कार्यक्रमका बारेमा सुझाव संकलन गरिएको उप–रजिस्टार उपेन्द्रबहादुर ढुङ्गानाले जानकारी दिनुभयो । सहकारी बिभागको नियमित कार्यक्रम अन्र्तगत भएको गोष्ठीमा सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि, अनुगमन तथा निरिक्षण, कार्याक्रम तथा नीति नियमहरुको कार्यान्वयन लगायतका बिषयमा छलफल भएको छ । गोष्ठीमा बिभागका वरिष्ठ कृषि अर्थबिद विष्णुप्रसाद घिमिरेले सहकारी संस्थाहरुलाई सवल बनाउने गरी कार्यक्रम गर्न डिभिजन प्रमुखहरुलाई आग्रह गर्नुभएको थियो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर