ग्यास अभाव कायमै


काठमाडौँ, चैत १२। नाकाबन्दी खुलेको महिनौं बितिसक्दा पनि अझै ग्यासको अभाव कायम छ । वितरण प्रणाली व्यवस्थापन हुन नसक्दा ग्यासको अभाव भएको हो ।

भारतीय आयल कर्पोरेसनले पछिल्लो समयमा दैनिक १८ मेट्रिक टन ग्यास दिदैं आएपनि नेपालमा सहज व्यवस्थापन हुन नसक्दा ग्यासको कृत्रिम अभाव छ । । ग्यास उद्योगीले डिलरलाई नदिइकन सोझै बिक्री गर्दा उपभोक्ताले सहज तरिकाले ग्यास पाउन नसकेका हुन् ।

हाल नेपालमा दैनिक ४० मेट्रिक टन ग्यासको माग छ । नेपाल आयल निगमले मागअनुसार ग्यास ल्याउन सकेको छैन । बुलेटको अभावका कारण निगमले ग्यास लिन समस्या भएको जनाएको छ । उद्योगीलाई बुलेट खरिद प्रक्रिया अगाडि बढाउन पटक पटक आग्रह गरे पनि अघि बढ्न नसकेको हो । आपूर्ति मन्त्रालयले आज गरेको छलफलका क्रममा वितरण प्रणाली नै प्रमुख समस्याका रुपमा रहेको र प्रभावकारी अनुगमन हुन नसक्दा समस्या बल्झिँदै गरेको पाइएको छ ।

निगमका निर्देशक एवम् प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले ग्यास आपूर्तिलाई सहज र सरल बनाउन तथा वितरण प्रणालीमा सुधार गर्न सबैको सहयोगको खाँचो रहेको बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर