दूध वेचेर मासिक डेढ लाख आम्दानी


चीना थापा, सिन्धुली सिन्धुली कमलामाई नगरपालिका ६ जसेदमारका भिम वहादुर कार्कीलाई गाउँमा के नै गर्न सकिन्छर जस्तो लाग्थ्यो । गाउँमा केही अवसर छैन्, सरकारले पनि हेर्दैन अव गाउँमा वसेर काम छैन भनेर विदेश जाने सोच आयो कार्कीलाई । विदेशमा गएर धेरै पैसा कमाउने आशा बोकेर अरुसँग ऋण लिएर कार्की मलेशिया पुगे । मलेशियामा ४ वर्ष वसे । तर ४ वर्षको कमाईले जाँदा लिएको ऋण तिर्न  पनि पुगेन कार्कीलाई । मलेशियमाबाट फर्कने वित्तिकै फेरी साउदी हानिए कार्की । साउदीमा पनि ३० महिना विताए उनले । त्यहा पनि त्यस्तै हालत बेहोर्नु परेको कार्कीले वताए । सुरुमा ७ सय तलब भनेर साउदी गएका उनले साँढे ३ सय मात्र पाएँ उनले । तलवले खान नी नपुग्ने र जादाको ऋण कसरी तिर्ने भनेर कार्की कम्पनीबाट भागेर नेपाल फर्कने बेलामा अर्काको ठाउँमा जेल बस्नुपरेको अनुभव पनि छ कार्कीसँग । अर्काको देशमा ने भाषा वुझिन्छ, न त उनीहरुलाई हाम्रो माया हुन्छ उनले भने ‘त्यहा गएर त हामी दास भन्ने हो ।’ हामीलाई यहाँवाट एजेन्टले पठाउँछ, उहाँको एजेन्टले अर्कोलाई वेच्छ उनले विदेशको दुख सुनाउँदै भने उनीहरुले त हामीलाई किनेर लगेका सकेको पेल्छन् । हामी जति नेपालीहरु विदेश गएका छौ सवै त्यहाँ पुगेपछि दास भन्ने नै हो उनले भने । ४ वर्ष मलेशिया ३० महिना साउदीमा विताएका कार्कीलाई यतीको दुख आफ्नै गाउँमा गएर गर्ने हो भने त म साहुँ भन्छु जस्तो लाग्यो । अनि विदेश नजाने गरी फर्किए आफ्नै गाउँ । हामीलाई त प्रकृतिले उपहार दिएको छ उनले भने ‘त्यस्तो मरुभूमिमा गएर दुख गर्नु भन्दा त आफ्नै गाउँ दुख गर्नु उचित भनेर म फर्किए ।’ गाउँ फर्केपछि सुरुमा त के गर्ने के गर्ने म अलमल्लमा परे उनले वताए । एक माना दूध वेच्न सिन्धुलीमाढीमा रहेको कोसेली डेरीमा आएका उनले डेरीका सञ्चालक नवराज गजुरेलको सल्लाह अनुसार व्यवसायिक रुपमा गाई पाल्न थाले । कोसेली डेरी सहकारीद्धारा सञ्चालित डेरी हो । महाभारत दूग्ध उत्पादन सहकारीबाट ऋण लिई व्यसायिक रुपमा गाई पाल्न सुरु गरेका कार्कीले सुरुमा ३ लिटर दूध डेरीमा ल्याउथे । ३ लिटर दूध देखि आफ्नो व्यवसाय सुरु गरेका उनले अहिले विहान ५० लिटर, वेलुका ५० लिटर दूध डेरीमा ल्याउने गरेको वताए । यही दूध विक्रीबाट अहिले महिनामा १ लाख ५० हजार आम्दानी हुने गरेको उनले वताए । डेरीबाट नै म महिनामा डेढ लाख पैसा वुझ्छु उनले भने ‘विदेशमा ४० हजार पनि हात पार्न गार्हो हुन्थ्यो मलाई ।’ सहकारीबाट ऋण लिएर आफ्नो व्यवसाय सुरु गरेका उनले अहिले समूहको ऋण पनि तिरीसकेका छन् । दूध कै आम्दानीवाट उनले १७÷१८ कट्ठा जग्गा पनि जोडिसकेका छन् । मैले २ विगाहा जग्गामा त घाँस खेति गरेको छु उनले वर्तमानसँग भने अझै यो व्यवसायलाई बढाउने सोँचमा छु । अहिले उनको गाई फार्ममा १४ वटा गाई छन् । यो संख्या वढाएर २० देखि २५ वटा सम्म पुर्याउने उनले वताए । गाईलाई कृत्रिम गर्भाधारण गर्दा दूध वढ्ने उनको अनुभव छ । बहर लगाउँदा ५ लिटर दूध दिने गाई अहिले कृत्रिम गर्भाधरण पछि ८ लिटरसम्मा दूध दिने गरेको उनले वताए । हामीले परम्परागत रुपमा भन्दा पनि आधुनिक तरिकाले व्यवसया गर्न सक्यो भने महिलाना एक लाख दुई लाख पैसा कमाउन केही गार्हो नहुने उनको भनाई छ । हामी नेपाली आफ्नो गाउँठाउँमा काम गर्न लाज मान्छु अर्काको देशमा अरुको दास बनेर काम गर्छु, फर्कदा जाँदाको ऋण पनि तिर्न सकिदैन् कार्कीले सुनाए । विहान ३ वजे देखि कार्कीको दैनिकि सुरु हुन्छ । ‘दूध डेरीमा ल्याउने, गाईको गोठ सफा गर्ने देखि लिएर वेलुका ७ वजेसम्मा गाई गोठमा नै मेरो दिन वित्छ’ उनले भने, ‘अहिले म धेरै खुसी छु आफ्नै गाउँमा केही गर्न सके जस्तो लागेको छ । ६ वर्ष भन्दा वढी विदेशमा वसेका कार्की अर्काको देशमा दास वन्न कसैलाई नी विदेश नजान सुझाव दिन्छन् । विदेश जानुको सट्टा आफ्नै गाउँमा नङ्ग्रा खियाएर केही गर्न सक्यो भने यही हामीलाई आन्नद हुन्छ उनले भने । ‘आफुलाई जे उचित लाग्छ त्यही व्यवसाय गर्ने र आफ्नै गाउँमा केही गर्दा नै राम्रो हुन्छ’ उनले भन,े ‘त्यही भएर म सवैलाई आग्रह गर्छु विदेश जादै नजानुस् ।’ काम कुनै पनि सानो ठूलो हुँदैन, हामी विदेशमा भाडा माझ्छौ तर आफ्नो गाउँमा हलो जोत्न लाज मान्छौ, अरुको देशमा गएर भाडा माझ्नु भन्दा आफ्नै गाउँमा वसेर हलो जोत्न आग्रह गर्छु म काकीले विदेशको दुख सम्झदै भने । – See more at: http://www.bartamansahakari.com.np/?p=813#sthash.06PHMpJS.dpuf


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर