जेष्ठ नागरिकहरुलाई सम्मान 


भरतपुर । मिलीजुली बहुउद्येश्यीय सहकारी संस्था कृष्णपुरले १८ औं वार्षिकोत्सवको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

२०५५ सालमा स्थापना भएको सहकारीमा हाल ५ सय ४५ जना शेयर सदस्य आवद्ध छन् । २ करोड ४२ लाख ६५ हजार ३३ रुपैयाँ बचत रहेकोमा १ करोड ९१ लाख ६७ हजार ५ सय रुपैया“ ऋण लगानी भएको छ । संस्थाका कोषाध्यक्ष शिवहरी अधिकारीले सहकारीले आर्थिक उत्पादनतर्फ लगानी केन्द्रित गरेको बताए ।
वार्षिकोत्सवको अवसर पारेर संस्थाले शेयर सदस्यका ९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । जेष्ठ शेयर सदस्य गंगाप्रसाद काफ्लेलाई समेत सम्मानीत गरिएको छ । गतवर्षको एसएलसीमा उतकृष्ट अंक ल्याउने रक्षा सापकोटालाई समेत सम्मानी गरिएको हो ।
कार्यक्रममा सहकारी डीभिजन कार्यालयका सहकारी प्रशिक्षक इमानाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कृष्णपुरका सभापति गंगाप्रसाद चापागाई, चितवन बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्रमणी काफ्ले, संस्थाकासचिव कृष्णप्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्यालेण्डर समेत विमोचन गरिएको थियो । सहकारीले सञ्चालन गरेको किराना तथा भाडा पसलबाट शेयर सदस्य लाभान्वित भएका छन । कार्यक्रम सहकारीका अध्यक्ष डिलबहादुर पाठकको अध्यक्षतामा भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर