स्वास्थ्य सहकारीमा नयाँ नेतृत्व


सुमन जि.सी.
बागलुङ,

स्वास्थ्य सहकारी संघ लि. बागलुङको अध्यक्षमा सीता शर्मा चयन हुनुभएको छ । संघको प्रथम प्रारम्भीक साधारण सभाले शर्माको नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति सर्वसम्मतीबाट चयन गरेको हो ।

सस्थाको उपाध्यक्षमा नरप्रसाद शर्मा, सचिव विकास पौडेल, सह–सचिव गोविन्दप्रसाद पौडेल, कोषाध्यक्ष मुक्तिराम सापकोटा, सदस्यहरु महेन्द्र प्रसाद कँडेल र रमाकान्त सापकोटा चयन हुनुभएको छ भने नरेन्द्र कँडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन भएको छ जसको सदस्यमा सरस्वती कँडेल र विष्णु शर्मा चयन हुनुभएको छ ।

संघको प्रारम्भीक वार्षिक साधारण सभाको उद्घाटन गर्दै बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले धौलागिरी बासीले अझैपनी गुणस्तरी स्वास्थ्य सेवा पाउन नसकेको र जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसेवालाई व्यवसायीक भन्दा पनि सेवाको रुपमा लिएर प्रभावकारी र गुणस्तरीय वनाउने तर्फ स्वास्थ्य सहकारी संघले भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । प्रमुख अतिथी शर्माले नवनिर्वाचीत समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघका सचिव भवानीप्रसाद कँडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पूर्व उपाध्यक्ष सीता शर्मा र सञ्चालन सचिव विकास पौडेलले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?