दाङमा पनि सहकारी दिवस सप्ताहब्यापी मनाइदै


 

नारायण भण्डारी
दाङ, ५९ औं राष्ट्रिय सहकारी दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी सप्ताहब्यापी रुपमा मनाइने भएको छ । राष्ट्रिय सहकारी दिवस मूल आयोजक समितिको आयोजनामा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिने भएको हो । मूल आयोजक समितिले आज घोराहीमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा गर्ने कार्यक्रमबारे जानकारी गराएको छ ।

आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ १६ देखि २० गते सम्म जिल्लाका विभिन्न स्थानमा सहकारी शिक्षा, रक्तदान, फलफूल बितरण, ¥याली तथा अन्र्तक्रिया गरिने डिभिजन सहकारी पकार्यालय दाङका प्रमुख बिनोद कुमार पौडेलले जानकारी दिए ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत १६ गते राप्ती अञ्चल अस्पताल र तुलसीुरमा रहेको बृद्धाश्रममा फलफूल बितरण गर्ने, १७ गते पुरन्धाराको हापुरेमा आधारभूत सहकारी शिक्षा शिवर सञ्चालन गर्ने, सोही दिन घोराही तेरौटेका बृद्धहरुलाई फलफलूल बितरण गर्ने, १८ गते देउखुरीको सोनपुर बृद्धाश्रम, र लमहीको अस्पतालमा फलफुल बितरण कार्यक्रम रहेको अधिकृत पौडलेलले बताए ।

त्यस्तै १८ गते बचत तथा ऋण जिल्ला संघको आयोजनामा घोराही, तुलसीपुर र लमहीमा सहकारी सम्बन्धी हाजिरिजवालफ प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । क्षेत्र स्तरिय हाजिरिजवाफ प्रतियोगिताबाट छनोट भएकाहरुका बीचमा १९ गते जिल्ला सहकारी संघको सभा हल घोराहीमा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता गरिने भएको छ ।

१९ गते नै डिभिजन सहकारी कार्यालयमा रक्तदान गरिने र २० गते घोराहीमा सहकारी संस्थाहरुको ¥यालीले नगर परिक्रमा गरेर नगरपालिकाको सभा हलमा अन्र्तक्रिया गरिने मूल आयोजक समितिका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

दाङ बचत तथा ऋण जिल्ला संघका अध्यक्ष अञ्जन कुमार पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सुदीप गौतमले सहकारी दिवस सफलताको शुभकामना गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला संघका सचिव कृष्ण प्रसाद शर्माले गरेका थिए । नेपालमा बिक्रम संवत २०१३ साल चैत २० गते पहिलो पटक चितवनमा बखान सहकारी संस्था स्थापना भएको दिन हरेक बर्ष सहकारी दिवस मनाउने गरिन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न