राप्ती विश्वासीको स्थापना दिवस


तुलसीपुर,
१४-चैत / राप्ती विश्वासी वचत संस्था ऋण सहकारी संस्था लि तुलसीपुरले १९ औं स्थापना दिवस मनाएको छ ।

संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तुलसीपुर क्षेत्रको सवै भन्दा पुरानो सहकारी संस्थाले शेयर सदस्यहरुको आयस्तर बढाउने तर्फ विभीन्न कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए ।

त्यसैगरी अव सहकारीले वचत जम्मा गर्ने मात्र नभई वचत गरेको रकमलाई सदुपयोग गरि शेयरधनिहरुलाई फाइदा पुग्ने काम गनुपर्ने बताएका थिए । कार्यक्रममा आर्थिक प्रगति पेश गदै संस्थाका

कोषाध्यक्ष भुपबहादुर वुढाथोकीले सकारीले हाल लिदै आएको व्याजदर घटाएको र सेवा सुल्कमा केही समयका लागि ६० प्रतिसत छुट गरेको जानकारी दिएका थिए । त्यसैगरी कार्यक्रममा संस्थाका सल्लाहकार ढुण्डीराज लामिछाने, माधव लामिछाने, पुर्व अध्यक्ष श्रीधर शर्मा, लोकमणि आचार्य, रमा आचार्य, हेमराज गौतम, प्रवन्धक कुमार बसन्त आचार्य लगायतले बोलेका थिए ।

शंकरदिवस मजगैयाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्रबहादुर वुढाथोकीले गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन