निनयमबद्ध रुपमा संस्था सञ्चालन गर्न आग्रह


नारायण भण्डारी
दाङ । ५९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्लामा सप्ताहब्यापी कार्यक्रम भइरहेको छ । यसैक्रममा जिल्लाका सहकारी संघ/संस्थाहरुले आज पनि विभिन्न कार्यक्रम गरेका छन् । जस अन्र्तगत दाङको पुरन्धारामा आधारभूत सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । कायक्रममा बोल्ने जिल्लाका सहकारी अगुवाहरुले नियमबद्ध रुपमा सहकारी संस्थाहरु सञ्चालन गर्न आग्रह गरेका छन् । बक्ताहरुले नियमअनुसार संस्था सञ्चालन गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद कुमार पौडेलले सहकारी ऐन, नियम र मापदण्ड अनुसार संस्था सञ्चालन गर्न आग्रह गर्नुभयो । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने नारा सहित भएको कार्यक्रममा बोल्दै सहकारी अधिकृत पौडेलले पूँजी र जनशक्ति विना विकास सम्भव नहुने बताउनु भयो । पूँजी र सदस्यको संख्या बढाउन सहकारी बीच एकता आवश्यक रहेकोमा उहाँको जोड थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले सहकारी संस्थाहरु स्थापना गर्दैमा सहकारी आन्दोलनले सफलता प्राप्त गर्न नसक्ने भन्दै आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि लाग्न सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । जनमुखी बचत तथा ऋण सहकारी संस्था पुरन्धारा २ हापुरेका अध्यक्ष विकासराज वालनक्षेत्रीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा दाङ बचत तथा ऋण संघका अध्यक्ष अञ्जनकुमार पौडेलले बचत संघले सहकारीहरु बीचको एकतालाई अभियानकै रुपमा अगाडी बढाइरहेको भन्दै स–साना संस्था सञ्चालन गर्न भन्दा एकीकरण गरी आर्थिक र सामाजिक रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क दाङका प्रमुख नारायण बेल्वासेले सहकारी बैङ्कबाट सेवा लिन सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष शेषुराम भण्डारी, कृषि सहकारी संघका सञ्चालक बुद्धिराम चौधरी लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो । कार्याक्रम डिभिजन सहकारी कार्यालय दाङ, जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैङ्कको संयुक्त आयोजनामा भएको हो ।
यसैबीच
जिल्ला कृषि सहकारी संघको अगुवाइमा घोराही र लमहीमा फलफूल बितरण गरिएको छ । घोराहीको तेरौटे बृद्धाश्रममा लमहीको सुनपुर बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरु र लमही अस्पतालमा रहेका बिरामीलाई फलफूल बितरण गरिएको हो । यस्तै तुलसीपुर क्षेत्रका सहकारी अगुवाहरुको आजै सम्पन्न बैठकले दिवसको अवसरमा २० गते तुलसीपुरमा ¥याली तथा अन्र्तक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले तुलसीपुर क्षेत्रका सहकारी संस्थाहरुको सहभागीतामा बिहान ११ बजे ¥याली निकाल्ने र बजार परिक्रमा पछि बिएसएस पाटी प्यालसमा अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो । यस्तै दिवसकै अवसरमा दाङ बचत था ऋण सहकारी संघले भोली जिल्लाका तीन स्थानमा क्षेत्रीय स्तरको अन्र्तर सहकारी हाजिरिजवाफ प्रतियोगिता गर्दै छ ।

उक्त हाजिरिजवाफमा उत्कृष्ट हुनेहरुबीच १९ गते शुक्रबार घोराहीमा जिल्ला स्तरिय प्रतियोगिता हुनेछ । तुलसीपुरमा उद्योग बाणिज्य संघको सभमहल, घोराहीमा जिल्ला सघंको सभाहल र देउखुरी क्षेत्रमा नर्ती बन तथा वातावरण सहकारी संस्थाको शभाहलमा प्रतियोगीता हुने संघका अध्यक्ष अञ्जनकुमार पौडेलले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक