आर्थिक विकासमा सहकारीको योगदान उच्च


काठमाडौं । आर्थिक विकासमा सहकारीको योगदान उच्च रहने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
५९ औं सहकारी दिवसको अवसरमा काठमाडौं पूर्व क्षेत्रका सहकारीहरु बीच ‘आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक क्षेत्रमा रचनात्मक काम गर्न सकिने बताए ।
क्रिशा बचत तथा ऋण सहकारी संस्थाको संयोजन तथा पूर्व क्षेत्रका सहकारीको सहभागीतामा अन्तरक्रिया कार्यक्रम कार्यक्रममा सहभागी सहकारीकर्मीले आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकारी अब उत्पादनशिल क्षेत्रमा केन्द्रीत हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारी आर्थिक विकासको बलियो आधार स्तम्भ भएको बताउँदै समय सापेक्ष ऐन, नियम परिवर्तन गरी सहकारीलाई आर्थिक विकासमा केन्द्रीत गराउनु पर्ने बताए ।
जिल्ला सहकारी संघका कोषाध्यक्ष मनोज भण्डारीले सहकारी संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक हुन सके मात्र सहकारीको सार्थकता झल्कने बताए । सहकारीहरु गुणात्मक रुपमा अघि बढ्ने हो भने सहकारी मार्फत आर्थिक विकास सम्भव उनको भनाई थियो ।
कार्यक्रमको संयोजन क्रिशा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजन पौडेलले गर्दै सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिनारी साकोसको आयोजनामा PALM कार्यशाला
टुगा आस्था विकास साकोसको CUDCC तालिम
क्षमता अभिवृद्धि तालिम सम्पन्‍न
नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण