सहकारीमार्फत आर्थिक संमृद्वि


काठमाडौं, चैत्र १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत आर्थिक संमृद्वि हुने बताएका छन् ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन)को आयोजनामा साकोस व्यवस्थापन प्रमुखहरुको कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले अर्थतन्त्रमा गहिरो जरा गारेको बताएका हुन् । ‘सहकारीमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्नुहोस्, सरकार तपाइहरुको साथमा छ’ उनले भने । आर्थिक उन्नतीको बाटोमा सहकारी लाग्नुपर्ने उनको जोड थियो ।
सहकारीको नाममा केही व्यक्तिले अनुचित फाइदा लिएको भन्दै प्रधानमन्त्री ओलीले बदनामी गराउने तत्वसँग सजग हुनुपर्ने जोड दिए ।
परनिर्भाता अन्त्य गर्न र व्यापारघाटा अन्त्य गर्न उत्पादनमा ध्यान केन्द्रित गर्नुको विकल्प नभएको उनको भनाई थियो । कपास र रेशम खेती र अल्लो उत्पादनमा ध्यान दिन सके तयारी पोशाकमा आत्मनिर्भर हुन सकिने उनको भनाई थियो । ‘सुती, रेशम र उनीमा आत्मनिर्भर हुनका लागि सहकारीले उत्पादनमा ध्यान दिनुपर्छ’ उनले भने । जमिन खेर गइरहेको र काल्लाभरी कपास खेती गर्न आवश्यक भइसकेको उनले बताए ।
सहकारीले धेरै गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले सहकारीकर्मीलाई विश्वासमा लिएर नयाँ सहकारी ऐन ल्याउइने बताए । २ वर्षभित्र लोडसेडिङ अन्त्य गर्न लक्ष्यका साथ दुर्तगतीमा काम भइरहेको उनले बताए ।
‘१ सय ५ वर्षमा २ सय २८ मेगावट मात्र विद्युत उत्पादन हुनु विडम्बना हो, अब दुर्तगतिमा विद्युत उत्पादन गरिने छ’ उनले भने ।
तीर्व गतिका साथ विकासका साथ पूर्वाधार निर्माणमा जोड दिइने उनले बताए ।
आउँदो असारसम्म तुईन व्यवस्थापनका लागि काम भइरहेको र आउँदो आर्थिक वर्षमा तुइन विस्थापन गरेर झोलंगे पूल निर्माण गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
संविधान निर्माण हुनु उत्कृष्ट काम भएको भन्दै संविधान कार्यान्वयन नै अहिलेको चुनौती भएको बताए । ‘आर्थिक उन्नतीको बाटोमा सहकारी जान सके मात्र अर्थतन्त्र सुद्वत हुन्छ’ उनले भने ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक