वृद्ववृद्वालाई सहकारीको भत्ता


झापा, चैत २१ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेले ६५ वर्षमाथिका २३ जनालाई मासिक एक हजार सयका दरले आज भत्ता उपलब्ध गराएको छ । यो सरकारले दिने भत्ता भन्दा पनि बढी हो ।

सहकारीले ‘जीवन वरदान कार्यक्रम’अन्तर्गत संस्थाका आफ्ना सेयर सदस्यलाई भत्ता वितरण गरेको जानकारी दिएको छ । संस्थाको २०औँ वार्षिकोत्सवका अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा सेयर सदस्यका १सय ६ जना छोराछोरीलाई १५ हजारका दरले १५ लाख ९० हजार छात्रवृत्ति समेत सहकारीले प्रदान गरेको संस्थाका उपाध्यक्ष हरि निरौलाले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा गरिब तथा विपन्न सेयर सदस्यका छोराछोरीको शिक्षामा सहयोग पु¥याउन १सय २७ विद्यार्थीलाई कापीकलम समेत प्रदान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक