सत्ता साझेदारकै कारण सहकारी ऐन रोकियोः मन्त्री केसी


काठमाण्डौं, चैत २३   उपप्रधान, सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले सत्तासाझेदार दलका सांसदकै कारण नयाँ सहकारी ऐन आउन नसकेको बताउनु भएको छ । सहकारीको माध्यमबाट समाजवादी अर्थतन्त्रको निमार्ण गर्ने पक्षमा आस्था राख्ने सहकारी अभियान्ताहरुको राष्ट्रिय भेलालाई आज (मंगलबार) काण्माण्डौंमा सम्बोधन गर्दै मन्त्री केसीले चारै तिरबाट आएका सुझावका आधारमा तयार पारिएको सहकारी ऐन जारी गर्नका लागि सरकारमा सहभागी दलका सांसदहरु कै कारण ढिलाई भएको बताउनु भयो ।

२०४८ को सहकारी ऐनमा ठगहरुलाई कारवाहीको ब्यवस्था फितलो भएकाले त्यसैको आधारमा सहकारीबाट लुट मच्चाइरहेकाहरुले नै नयाँ ऐन आउन नदिएको उहाँले दावी गर्नुभयो । तयार भएर विधेक समितिमा पुगेको नयाँ सहकारी ऐनलाई पाँच बर्ष सम्म ल्याउन नदिने चेतावनी आएको र सो ऐनलाई पारित गर्नका लागि आफूलाई सहयोग गर्ने मन्त्रालयका कर्मचारीलाई रातारात अन्य मन्त्रालयमा सरुवा गरिएकोमा उहाँले आक्रोश ब्यक्त गर्नुभयो ।rajomo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनु भएका मन्त्री केसीले सीमित ब्यक्तिहरुले असीमित श्रोत कब्जा गरी राखेको चर्चा गर्दै उत्पादनका साधन माथि सीमित ब्यक्तिको कब्जा सँगै सुरु भएको विभेद अन्त्य गर्ने एक मात्र माध्यम सहकारी हो भन्नु भयो । सहकारी समाजवादको नमुना भएको उल्लेख गर्दै मन्त्री केसीले बर्गिय संघर्षलाई उचाइमा पु¥याउन सहकारी आन्दोलनलाई जनताको बीचमा लैजान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रधानमन्त्री केसीले नयाँ सहकारी ऐन आए आफूहरुको लुटको स्वर्ग नासिने त्रासमा उक्त ऐनलाई रोक्नका लागि हरप्रयत्न भएपनि जुनसुकै मुल्य चुकाएर पनि ऐन ल्याएरै छाड्ने अठोट गर्नुभयो । राष्ट्रिय जनमोर्चाद्धारा गठित सहकारी कार्यदलका संयोजक भैरव रेग्मीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै नेकपा मसालका प्रबक्ता बिमल शर्माले कम्युनिष्ट आन्दोलनलाई सफल पार्नका लागि सहकारी आन्दोलनलाई सँगै लैजानुपर्ने बताउनु भयो ।

बर्ग संघर्षलाई बलियो बनाउनका लागि सहकारी आवश्यक रहेको भन्दै प्रबक्ता शर्माले गाउँ–गाउँमा सहकारी अभियान लैजान आग्रह गर्नुभयो । सहकारी कार्यदल समितिका सदस्य हिमलाल पुरीको स्वागत मन्तब्यबाट अघि बढेको कार्यक्रममा सांसद मिना पुन, अखिल नेपाल किसान संघका अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल युवक संघका अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निम बहादुर बुढा, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष नारायण शर्मा लगायतका बक्ताहरुले सहकारी लक्षित बर्गको बीचमा पुग्न नसकेको भन्दै जनताको बीचमा सहकारी पु¥याउनका लागि अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले गर्नुभएको थियो । दुई दिन सम्म चल्ने भेलाले जनताको बीचमा सहकारी लैजानका लागि विशेष योजना बनाउनुका साथै सहकारीका बिज्ञहरुले सहभागीलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर