ललितपुर जिल्लाको नयाँ नेतृत्वको तयारी


sarad-maharjan-teamकाठमाडौं । जिल्ला सहकारी संघ ललितपुरको २४ औँ वार्षिक साधारण सभाको तयारी तीर्व भएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधव दुलाल र शरद कुमार महर्जन समूहको उम्मेदवारी तय भएको छ । दुवै पक्षले सै पदमा चुनाव गर्ने तयारीका साथ जुटेका छन् ।
नयाँ नेतृत्वका लागि शरद कुमार महर्जन समूहबाट उपाध्यक्षमा रामशरण बस्नेत चुनाव लड्ने भएका छन् । त्यस्तै सञ्चालकमा इन्द्र घिमिरे, कर्ण देसार, विनोद ढंगोल, राजु खतिवडा, केदार गोर्खाली, शशिधर पोखरेल, अम्विका थापा निर्वाचनमा होमिने भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा अनिल बीर बज्राचार्य, सदस्य प्रेम नारायण घिमिरे र सुमन ढंगोल चुनाव लड्ने भएका छन् ।
माधव दुलाल समूहबाट उपाध्यक्षमा भुपेन्द्रधर राजोपाध्याय निर्वाचन लड्ने भएका छन् । सञ्चालकमा इन्द्रलक्ष्मी ताम्राकार, जयकृष्ण बोगटी, रामगोपाल महर्जन, पुरुषोत्तम थापा मगर, कृष्ण प्रसाद घिमिरे, प्रदीप जोशी, दीपक प्रसाद घिमिरे निर्वाचन लड्ने भएका हुन् ।
सो समूहको लेखा समिति संयोजकमा चन्द्र प्रसाद बजगाईं, सदस्यमा सहदेव बन्जारा, अमृत बहादुर महर्जन निर्वाचन लड्ने भएका हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक