ललितपुर जिल्ला संघको चुनाव, कसले मार्ला बाजी
पाँच सय ३० मत खस्यो
ललितपुर, चैत्र २७ । ललितपुर जिल्ला सहकारी संघको चुनाव सकिएको छ । नयाँ नेतृत्व चयन गर्नका लागि ५ सय ३० जनाले मत हालेका छने । ५ सय ८९ मतदाता रहेको थियो ।
ललितपुर जिल्ला सहकारी संघको नयाँ नयाँ नेतृत्वका लागि खासगरी दुई प्यानल चुनावमा होमिएका हुन् । ५ चुनावमा माधव दुलाल समूह र शरद कुमार गौचन समूह चुनावी मैदानमा उत्रिएका थिए ।
चुनावको परिणाम आज बेलुकीसम्म आउने बताइएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधव दुलालले काम अझै बाँकी रहेकोले आफ्नो टिमले जिट्न् दाबी गरेका छन् भने शरदकुमार गौचनले अधिकांश सहकारीकर्मी नयाँ नेतृत्व चाहेकाले आफ्नो समूहले जित्ने दावी गरेका छन् ।
हाल जिल्ला सहकारी संघका अध्यक्ष दुलाल फेरी चुनावमा उत्रिएका हुन् भने शरदकुमार गौचन सहकारीमा दोहोरिएर नेतृत्व गर्नु उपयुक्त नहुने भन्दै संयुक्त प्यानल बनाएर चुनावमा उत्रिएका थिए ।
अधिकांश सहकारीकर्मीले नयाँ नेतृत्व चाहेको बताएका छन् ।