स्मरण सहकारीद्वारा रक्तदान


काठमाडौ चैत २७ । स्मरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव निर्मल प्रसाद हुमागाईले जानकारी दिनुभयो ।
सस्थाले विगत ४ बर्ष देखि निरन्तर रुपमा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको छ । शनिवार भएको उक्त रक्तदानमा ३२ जनाले रगतदान गरेको संस्थाले जनाएको छ । सो कार्यक्रमा विभिन्न समाजसेवी, शिक्षक र सहकारीका सदस्यहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । smaran
२०६५ सालमा स्थापना भएको स्मरण सहकारीले हाल डिल्लीबजारबाट कारोबार गर्दै आएको छ । ९सय१३ सदस्य रहेको सहकारीको शेयर पुँजी १ करोड ४२ लाख रहेको र सदस्यको निक्षेप ६ करोड रहेको संस्थाले जानकारी दिएको छ । यस्तै आगामी दिनमा संस्थाले आफ्ना समाजिक कार्यहरुलाई अझै बृहत बनाउदै लैजाने र आफ्ना सदस्यलाई सहकारी सम्बन्धी शिक्षा समेत सञ्चालनमा ल्याउने योजना रहेको हुमागाईले जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न