संविधान कार्यान्वयनसँगै तीर्वगतिमा आर्थिक विकासको बाटोमा


काठमाडौँ, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आर्थिक विकासमा केन्द्रीत हुने बताएका छन् । नयाँ संविधान कार्यान्वयनसँगै तीर्वगतिमा आर्थिक विकासको बाटोमा लाग्ने अठोट लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङको ५०औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको आज उद्घाटन गर्दै उनले आर्थिक विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए । दुई तिहाइ कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यापारीकरण गर्नुपर्ने र कृषिमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने उनको जोड थियो ।

संविधानमा सबैका अधिकार सुनिश्चित गरेको दाबी गर्दै मन्त्री ओलीले भने–अब सबैंको संघर्ष आर्थिक, उन्नति, विकास वा आर्थिक समृद्धिको चरणमा हुनुपर्छ ।’ औद्योगिक नीति समयसापेक्ष परिवर्तन गरेर अघि बढ्ने उनले अठोट लिए ।

ऐन÷कानुन परिमार्जनका लागि सरकारले काम अगाडि बढाइसकेको उनको भनाई थियो । छिमेकी मुलुकको भ्रमणले औद्योगिकीकरण, व्यापारीकरण, व्यवसायीकरण वा आधुनिकीकरण गर्ने कुरामा रचनात्मक कुरा भएको छ, अब दुर्तगतिमा अघि बढ्नुपर्छ । ’ उनले भने ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाले ६ दशकअगाडि बनेको कालोबजारी ऐन समयसापेक्ष परिवर्तन गर्न आवश्यक भएको बताए ।
महासङ्घले विभिन्न जिल्ला संघहरुलाई सम्मान गरेको छ । पाँचधर उद्योग वाणिज्य सङ्घ, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, कालीकोट उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देही, उद्योग सङ्गठन मोरङलगायत सम्मानित भएका हुन् । त्यसैगरी महासङ्घले नेपाल आर्थिक पत्रकार समाज (सेजनं)लाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस