‘सहकारी कृषि उत्पादनमा लाग्न जरुरी छ’


२०६२ देखि सांग्रीला बहुउद्देश्यीय सहकारीको सचिव भएर सहकारीमा प्रवेश गरेका धुर्वराज खनाल यतिखेर कृषि क्रान्तीमा होमिएका छन् । कृषिमै केही गर्नुपर्छ भन्ने सोचेर उनले स्वंयम्बुमा एक कृषि सहकारी खोलेर कृषि अभियानमा लागेका हुन् ।

२ वर्षसम्म सांग्रीलाको सचिवको अनुभव साँगालेका खनाल ८ सय सदस्यको नेतृत्व गर्दै २०६५ देखि बहुआयामिक कृषि सहकारीको अध्यक्ष छन् । दुई कार्यकाल बिताएका खनाल सहकारीले कृषि उत्पादनमा लाग्नुको विकल्प नभएको बताउँछन् । ‘सहकारीको काम भनेकै कृषि उत्पादन गर्नु हो, पैसाको किनबेच गरेर आर्थिक सशक्तीकरण हुन सक्दैन्’ उनले भने । आफ्नो उद्देश्यसँग मेल नखाएपछि र स्थान पनि टाढा भएपछि उनले लखेनखेलमा रहेको सांग्रील बहुउद्देश्य सहकारी छोडेका हुन् । पहिले कार्यक्षेत्र बढी थियो । ‘कार्यक्षेत्र साँघुरो, मेरो क्षेत्र स्वंम्मु, परेकाले कृषि सहकारी खोलेका हौं’ उनी भन्छन् । बहुआयामिक सहकारीका अधिकांश सदस्यले कृषिजन्य उत्पादनमा लागेको खनाल बताउँछन् । ‘सबै सदस्यमा कृषिमा केही न केही गर्नुपर्छ भन्ने भावना छ, त्यसकारण पनि यहाँ कृषि उत्पादन संवभ भएको छ’ उनी भन्छन् । बहुआयामिक सहकारीले बाख्रापालन, टमाटर टनेल उत्पादन गर्दै आएको छ । त्यस्तै अचार, धुप पनि उत्पादन गर्ने गर्दछ । अध्यक्ष खनालले सदस्यलाई सिलाईबुनाईको तालिम दिने गरिएको र सदस्यलाई सिलाईबुनाइको काम पनि गर्ने गरेको जानकारी दिए ।

सबै जना सदस्य कृषि तथा कृषिजन्य उत्पादनमा लागेको बताउँदै अध्यक्ष खनाल भन्छन्– सहकारीबाट आर्थिक रुपान्तरण संवभ छ, त्यसका लागि राज्यले सजिलो र सर्भसुलभ ढंगले सहकारीलाई अर्थतन्त्रमा समाहित गर्नुपर्दछ ।’

खनालले सहकारीका विभिन्न तालिम लिएका छन् । सहकारी अभिमुखीकरण, व्यवस्थापन तालिम, लेखा परीक्षण तालिम, बचत तथा ऋण, सफ्टवेयर निर्माण लगायतका थुर्पै तालिम दिएका छन् । कर्मचारीहरुलाई सहकारीका विभिन्न तालिममा बढी भन्दा बढी पठाउने गरेको उनी बताउँछन् ।

कृषिसँग सम्बन्धी तालिम बाख्रापालन प्राविधिकलाई अझ व्यायक बनाउ १५ महिने तालिम शुरु गर्ने तयारीमा उनी छन् । ‘कृषिलाई आधुनिक तथा व्यावसायिकरण गर्न अत्यावश्कय छ, त्यसको तालिमका लागि केही सोच्दैछु’  सदस्यहरुको व्यवसायिक आपसमा सहयोगमा भावना हुने र सामूहिक उत्पादन गर्दा फाइदा हुने भएकाले सहकारी कृषि उत्पादनमा लाग्न जरुरी रहेको उनी ठान्छन् ।

सहकारीका केही नकारात्मक कुरा छन् । ती नकारात्मक कुराले सहकारी बदनामी भएको उनको ठहर छ । उनी भन्छन्–सरकाी नियकाले सहकारीको प्रवद्र्वनमा ध्यान दिन सकेको छैन् । त्यस्तै नीति, नियम अपुरो भएका कारण पनि सहकारी माथि उठ्न सकेको छैन् । नियमन र मापण्दण्डको कुरा कुरा गरिए पनि सहकारी विभाग तथा डिभिजनले सहकारीमा किन समस्या आयो, त्यस्ता समस्या कसरी निराकरण गर्ने भन्ने सल्लाह नदिने गरेको उनको अनुभव छ ।

केही सहकारी परिवारिक परिवेशमा खोलिएका छन् । त्यस्ता सहकारीले समग्र सहकारीको बदनामी गरेका छन् । निक्षेपकर्ताको निक्षेप डुबाएका छन् । त्यस्ता सहकारीलाई सोच्न ढिलाई भइसकेको उनीको भनाई छ ।

सहकारीले अर्थतन्त्रमा ठूलो भूमिका खेल्न सक्छ । राज्यको अर्थतन्त्रमा ठूलो योगदान दिन्छ तर सहकारीलाई राज्यले प्राथमिकतामा राख्न नसकिएको खनालको बुझाइ छ । कृषि सहकारीले कृषिमात्र संभव छैन् । आर्थिक स्रोत जुटाउनुपर्छ । सदस्य पनि बढी बनाउनुपर्छ । बचत पनि ल्याउनुपर्छ । लगानी बढाउनुपर्छ । कृषिमा गर्दैमा बचत तथा ऋणको कारोबार गर्न गर्न हुदैँन् भन्नै हुदैँन । उद्देश्य अनुसार काम गरेको छ छैन्, भन्नको लागि अनुगमन अपरिहार्य छ । जस्तो कृषि विकास बैंकले घरजग्गालगायतमा ऋण दिन्छ । उसले कृषकलाई मात्र ऋण दिने हो भने कृषिमा कायपलट परिवर्तन हुन सक्छ । शहरउन्मुख सहकारी कृषिमा मात्र जान्छौं  भन्न सकिन्न । फोकस कृषिमा गरी बचत तथा ऋणको पनि कारोबार गर्न आवश्यक हुन आउने खनाल ठान्छन् ।

तर नाममा कृषि राख्ने, टोटली बचत तथा ऋण मात्र गर्ने सहकारी पनि छन् । त्यस्ता सहकारी पहिचान गरी कारवाही गर्न सक्नुपर्दछ । अहिले कृषि सहकारीको छाता संगठन कहाँ छ भने थाहा छैन् । जिल्ला कृषि सहकारी संघ एक्टिभ छैन् । त्यसकारण पनि प्ररम्भीक सहकारी फस्टाउन सकेका छैनन् ।  केही सहकारी संघसंस्थाहरु राजनीतिकरुपले चलाइएका छन् । यसले सहकारीमा विकृति ल्याएको छ ।

जिल्ला कृषि सहकारी संघ नयाँ दर्ता गर्न प्रयास गरियो । कानुनले दिदैंन भन्ने भएपछि छाता संगठन जिल्ला कृषि सहकारी संघलाई ब्युताउने प्रयासमा लागेका छौं । सहकारीको विकास, सुधारका राज्यको तथा सहकारी अभियानको े इनोसेटिभ हुनुप¥यो, तर त्यसो हुन नसकेको अनुभूति भएको छ ।

जिल सहकारी संघ काठमाडौं जिल्ला क्षेत्र न ८ सदस्यसमेत भएका खनाल आगामी दिनमा जिल्ला संघलगायतको नेतृत्व गर्ने सोचमा छन् । ‘प्ररम्भीक सहकारीको नेतृत्वले तिखारिएको छु, अब यसको प्रयोग सिंगो सहकारीको विकासमा लगाउने छु’ उनी भन्छन् । संघसंगठन नेतृत्व र व्यक्तित्व विकास हुने ठाउँ  पनि हो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बैंकको अध्यक्षमा केबी उप्रेती भारी मतले निर्वाचित (मत सहित हेर्नुहाेस्)
सुरुमा असहज लाग्न सक्छ
संस्था डुब्ला भन्ने डर हुँदैन
बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्