इन्द्रेणी बहुउद्देश्यीय सहकारीको टोलीद्वारा सञ्जिवनी स्वास्थ्य सहकारीको अवलोकन


रबिना बोहरा
बागलुङ, बैशाख १२ । इन्द्रणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलको टोलीले धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको स्थलगत अवलोकन गरेको छ ।
बुटवलबाट मित्रबहादुर शाक्यको नेतृत्वमा आएको समुहले सहकारीको अवलोकन गरेको हो । अवलोकनका क्रममा संस्थाका बारेमा जानकारी गराउदैँ इन्द्रणी बहुउद्देश्यीय सहकारी संस्था बुटवलका अध्यक्ष मित्रबहादुर शाक्यले ग्रामिण भेगमा समुह मार्फत सञ्चालन गरिएको सहकारीमा १ हजार ६ सय शेयर सदस्य र ४ करोड पुँजी रहेको जानकारी गराउनुभयो । संस्थाले ग्रामिण भेगमा कृषि, पशु, तरकारी लगायतको क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो ।
यस्तै धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी मार्फत सञ्चालित निलगिरि अस्पतालका मेडिकल निर्देशक गोविन्द जोशी गौतमले सहकारी मार्फत स्वास्थ्य संस्था सञ्चालनका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले १ सय ७० जना शेयर सदस्यको सहभागितामा सञ्चालन भएको संस्थाले दिने सेवा सुविधा लगायतका बारेमा जानकारी गराउनु भएको थियो । संस्थामा रहेका शेयर सदस्यलाई वार्षिक निशुल्क स्वास्थ्य परिक्षण गराउने र शेयर सदस्यका परिवारलाई २० प्रतिशत छुट दिदैँ आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम सहकारीका उपाध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, कोषाध्यक्ष इश्वरलाल राजभण्डारीको स्वागत र प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच इन्द्रणी बहुउद्देश्यीय सहकारीले धौलागिरि स्रोत विकास केन्द्र(डिसिआरडिसी) को पनि अनुगमन गरेको छ । कार्यक्रममा केन्द्रका सिर्जना थापाले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । केन्द्रले हाल सम्म १७ वटा सौर्य पम्पिङ खानेपानी आयोजना सम्पन्न गरेको छ । जसमा ४ सय ४५ घरधुरी लाभन्वित हुनका साथै ९ वटा निर्माणाधिन रहेको बताइएको छ । ५७ वटा सुधारिएको चुलो सहितको घर भित्रको धुवाँ मुक्त गविस घोषणा भएको समेत सो अवसरमा जानकारी गराइएको थियो ।
कार्यक्रम केन्द्रका अध्यक्ष इश्वरलाल राजभण्डारीको अध्यक्षता, कार्यक्रम संयोजक विप्लप शर्माको स्वागत र सिर्जना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस