आर्थिक सशक्तीकरण भएको छ


बाग्लुङकी हुमा कुमारी अन्जु जिसी सहकारी क्षेत्रमा विगत २०५८ सालदेखि क्रियाशील नाम हो । सञ्चालक सदस्यबाट सहकारीमा प्रवेश गरेकी जिसी अहिले रेसा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष छिन् ।

सहकारीमा २०५८ सालदेखि सक्रिय भएकी जिसी विगत तीन वर्षदेखि अध्यक्ष भएर काम गर्दै आएकी छिन् । शुरुमा २८ जना दर्ता भएर दर्ता भएको सहकारीमा अहिले २ सय ७५ जना शेयर सदस्य छन् । सहकारीले महिलाको आर्थिक सशक्तीकरण बढाएको उनी बताउँछिन् । अध्यक्ष हुनुअघि उनीमा एक कार्यकाल व्यवस्थापक भएर पनि काम गरेको अनुभव छ । उनको संस्थाले खासगरी अहिले बचत तथा ऋणको कारोबारसँगै महिला सशक्तीकरणमा विशेष काम गर्दै आएको छ । सहकारीमार्फत महिलाहरुको आर्थिक रुपान्तरण गर्ने अभियानका साथ उनी होमिएकी छिन् । उनको सहकारीमा महिला धेरै सदस्य छन् ।

जिसीले सहकारी क्षेत्रमा लेखा तालिम तालिम, प्रशिक्षक तालिम लिएकी छिन् । तालिमले सहकारीक्षेत्रको विकासका लागि टेवा पु¥याउने उनको बुझाई छ । त्यस्तै उनी राष्ट्रिय सहकारी संघबाट तालिमको लागि भारतको नयाँ दिल्ली पनि पुगेकी छि । त्यहाँ पाएको नेतृत्व विकास तालिमले उनको नेतृत्व गर्ने क्षमता अझ तिखारेको बताउँछिन् ।

जिसी भन्छिन्–‘सहकारीमा लागेर सहकारीप्रति चासो राखेर हिडेका छौं, यसले पुरुषभन्दा बढी महिला लाभान्वित भएका छन् ।’ सहकारीले देशको कायपलत प्रगति गर्र्न सक्नेमा उनी विश्वस्त देखिन्छन् । रेसा सहकारीसँगै उनी आदर्श सञ्चार सहकारी संस्थाको व्यवस्थापक पनि हुन् । सहकारीमा समर्पित जिसी सहकारीमार्फत देशको आर्थिक रुपान्तरण हुनेमा ढुक्क छिन् । तर राज्यले सहकारीको विकासका लागि केही योगदान दिनुपर्ने उनी आवश्यकता औंल्याउँछिन् ।

सरकारले सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेपनि यसको विकासका लागि ध्यान दिन नसकेको उनी गुनासो गर्छिन् । समाज परिवर्तन तथा आर्थिक परिवर्तनमा सहकारीले महत्वपूर्ण योगदान दिन सकेपनि सहकारीलाई हेर्ने राज्यको दृष्टिकोण राम्रो नभएको उनको अनुभव छ । ‘सहकारीले गरिबी निवारणमा ठूलो भूमिका खेल्न सक्छ तर राज्यले गरिबी निवारणमा सहकारीको भूमिका बढाउने का मगर्न सकेको छैन्’ उनि भन्छिन्

हुदाँ खाने र हुने खानेलाई सहकारीले एक स्थानमा लिन सक्ने भएकाले राज्यले सहकारीमार्फत आफ्का कार्यक्रम प्रभावकारीढंगले अघि बढाउनुपर्नेमा उनी बलियो तर्क राख्छिन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोष एंव गरिबस् निवारणका सबै काम सहकारीमार्फत गर्न सके सहकारीले छिटो प्रगति गर्ने उनी विश्वास राख्छिन् ।

सहकारी समाजसेवा सँगै व्यवसाय भएको उनी बताउँछिन् । त्यसकारण यस्तो सामाजिक व्यवसायलाई राज्यले सहीरुपमा परिचालन गर्ने वातावरण निर्माण गर्न सक्नुपर्नेमा उनको बुझाई छ । यसो हुन सके समाज परिवर्तन हुन सक्ने र आर्थिक सम्पन्नता बढ्ने उनी तर्क गर्छिन् ।

२०६९ सालदेखि बहुउद्देश्यीय सहकारी संघको अध्यक्ष भएर पनि उनी काम गर्दै आइरहेकी छिन् । भन्छिन्–‘ंप्रारम्भीक सहकारीको नेतृत्व गर्दा र समग्र जिल्लाका बहुउद्देश्यीय सहकारीको नेतृेत्व गर्दा फरक पर्छ ।’ प््राारम्कीमा पनि चुनौति थियो, अहिले पनि चुनौति छ । तर पहिला गाविसका थोरैलाई मात्र समेट्नुपथ्र्यो अहिले जिल्लालाई समेट्नुपर्छ । सहकारी खुल्ने क्रम बढेको छ, यो प्रतिष्पर्धाको जमानामा सहकारीलाई शिक्षा दिन आवश्यक रहेको उनको अनुभव छ । त्यस्तै कुनै संस्थाले गैर सदस्य कारोबार गरेको, कोही संस्था सिष्टममा नचिलेको पाइएकाले त्यसतर्फ निगरानी बढाइरहेको उनी बताउँछिन् ।

उनी हालै राष्ट्रिय सहकारी संघको चुनावमा प्रतिनिधी भएर आएकी जिसी आगाम दिनमा बहुउद्देश्यीय केन्द्रिय संघ तथा राष्ट्रिय संघको नेतृत्व गर्ने सोचमा पनि छिन् । भन्छिन्–‘त्यो त समयले बनाउने कुरा हो, अहिले त्यसै भनिरहेन कुरो भएन, तर एक दिन अवश्यक कामको मूल्यांकन हुनेमा आशावादी छु ।’


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बैंकको अध्यक्षमा केबी उप्रेती भारी मतले निर्वाचित (मत सहित हेर्नुहाेस्)
सुरुमा असहज लाग्न सक्छ
संस्था डुब्ला भन्ने डर हुँदैन
बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्