नेफ्स्कुन र जिल्ला संघ भन्ने कुरा फरक रहेछ


शम्भुप्रसाद घिमिरे

अध्यक्ष–काठमाडौं जिल्ला बचत संघ

१ काठमाडौं जिल्ला बचत संघले अहिले के गर्दै छ ?

काठमाडौं जिल्ला बचत संघ स्थापना भएको ९÷१० वर्ष भयो । यो पीडादायिक अवस्थामा जन्मेको हो । पहिला १०÷१५ वटा संस्थाको प्रतिनिधि भएर संघ गठन भयो । केही वर्ष चलेर विघठन भयो । फेरी हामी गठन गर्ने प्रक्रियामा गयौं तर हामीलाई गठन गर्न दिइएन । सीमित बैंकिङको इजाजत पाएका सहकारीहरुले काठमाडौं जिल्ला संघ दर्ता गरे । सीमित बैंकलाई लबिङ गर्दै हामी पनि  छिर्यो । गत साल चुनाव गरेर फ्रेश म्यान्डेटका साथ गतिविधि अगाडि बढाएका छौं । त्यो भन्दा अगाडि पनि एकदुईवटा काम भएका छन् । जहाँ नयाँ नेतृत्व आएपछि हामीले नेफ्स्कुनलाई अभिभावकत्व मान्दै आएका छौं र नेफ्स्कुनमार्फत अन्तरलगानी चलायौं । टे«निङ जिल्ला संघले चलाउने, अन्तर लगानी नेफ्स्कुनमार्फत चलाउने सहमति भयो । तर डेढ वर्षको अवधिमा समीक्षा गर्दा उपलब्धी हाशिल भएको देखिएन । सदस्यको ग्रोथ पनि नहुने, अन्तरलगानीको प्रभावकारीता पनि नदेखिने भयो । के कोको लागि जिल्ला संघमा आवद्व हुने भन्ने हुदोँ रहेछ । त्यसकारण हामी आफैले पनि सेवा किन नदिने भन्नेर अन्तरलगानी शुरु गरेका छौं । हामी सबैप्रकारका काम गर्ने सोचमा छौं । सर्भिस, टे«निङ दिने र नेफ्स्कुनमा नवीकरण पनि यहाँबाट गर्ने जर्मकोसाथ लागिपरेका छौं ।

नेफ्स्कुन र जिल्ला संघको जुहारीजस्तो देखिएको छ, किन नेफ्स्कुनले जिल्ला संघलाई मातहतमा लिन सकेन ? नेफ्स्कुनसँग सहकार्य गर्न सकिन्न भन्ने लागेर हो कि ?

होइन । जिल्ला संघको ग्रोथ नेफ्स्कुनमा आवद्व हुदाँ जुन हिसाबले हुनुपथ्र्यो, त्यो हिसाबले भएन । त्यसकारण हामीले छुट्टै गतिविधि सञ्चालन गर्न लागेका हौं । कोही प्रारम्भीक संस्था नेफ्स्कुनमा आवद्व छ, उसलाई जिल्लामा किन आबद्व हुनुप¥यो भन्ने हुदोँरहेछ । हामी ती संस्थालाई बढी सेवा दिएर सदस्य बनाउन चाहन्छौं । आकर्षण पैदान गर्द नयाँ जमर्को गरेका छौं । नेफ्स्कुन र जिल्ला संघ भन्ने कुरा फरक रहेछ । सहकारी ऐन २०४८ ले पनि जिल्ला संघलाई स्वयत्त संघको रुपमा स्वीकार गरेको छ । नेफ्स्कुनको फिल्ड कार्यालय र हामी सँगै हुन चाहियो तर उपलब्धी हुन सकेन । फिल्ड कार्यालयको काम र जिल्ला संघको काम छुट्टै हुदोँ रहेछ । अब छिट्टै यहाँबाट नेफ्स्कुनको फिल्ड कार्यालय सर्दै छ । क्रेडिट युनियन आयो भने काठमाडौंको बचत संघ नै शाखा हुन सक्ला । ऐनले दियो र टु टायर सिष्टम आयो भने नेफ्स्कुनको मातहतमा हुन सक्ला । अहिले छुट्टै आइडेन्टी छ, त्यही आइडेन्टी लिएर हिडेका छौं । नेफ्स्कुनमा एपीलड भएपनि सबै जिल्ला बचत संघहरु स्वायत्त छन् । हिजो पनि छुट्टै थियो । इन्टरकेडिङको डालो संगो थियो अबदेखि त्यो डालो पनि छुट्यिो ।

३ अन्तरलगानी कारोबार शुरु गर्नुभएको छ, यसको अपेक्षा के छ ?

संस्थाहरुलाई मर्का परेको बेला सहयोग गर्न सकियोस् भनेर हामीले अन्तरलगानी कारोबार शुरु गरेका हौं । वरीपरी धेरै संस्था छन् । ती संस्थालाई मर्जर गरेर पनि आवद्व गराउन सकिन्छ ।  सहकारीलाई परेको बेला ऋण दिने गरी अन्तर लगानी सञ्चालन गरेका छौं । सदस्यलाई विभिन्न किसिमका तालिम, सर्भिस दिने छौं ।

४ सहकारी बचत तथा ऋणमा मात्र सीमित छन्, अब उत्पादनशील क्षेत्रमा सहकारीलाई कसरी आकर्षित गर्न सकिन्छ ?

बचत तथा ऋाण सहकारीले बचत तथा ऋणकै कारोबार गर्ने हो । बचत सहकारीले आफैं उत्पादनशील क्षेत्रमा लगानी गर्न मिल्दैन्, यसले सदस्यलाई उत्पादनशील क्षेत्रमा लगानी गराउन प्रेरित गर्न सक्छ । विभिन्न किसिमको तालिम दिएर उसले संस्थाबाट ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्छ । जुन संस्थामा लिक्विडि छ, हामीकहाँ राख्नुहोस्, जसलाई चाहिएको छ हामीबाट लिनुहोस्, हामीले भन्ने त्यही हो । डाइरेक्ट जिल्ला संघले एंव प्रारम्भीक संघले आयआर्जनको काम गर्न सक्दैन् । प्राविधिक पक्षको काम हामीले गर्ने हो ।

५ अधिकांश जिल्ला संघले सहकारीलाई सदस्य बनाउन सकेका छैनन्, किन होला ?

कतिपय अवस्था जिल्ला बचत संघमा लाग्दा के सेवा पाइन्छ भन्ने प्रारम्भीक संस्थाले नबुझेको अवस्था पनि छ । कतिपय सहकारी आवद्व हुन पनि चाहदैंन । म स्वच्छन्द छु भन्ने उनीहरुलाई लाग्दो रहेछ । भोली भयावह स्थिती आउँदाको पक्षलाई आँकलन गर्दैन, अहिले सीमित पक्षलाई आधार मानेर सदस्य भन्न चाहदैँन । संस्था आबद्व हुन नचाहने परिपाटीले पनि सदस्यता कम हुने गरेको छ । हामीले सदस्यता बढाउन जागरण अभियान सञ्चालन गर्छाैै । काठमाडौैंमा १० क्षेत्र छ, ती सबै सहकारीलाई आबद्व गर्ने छौं । अहिले १ सय ५६ आबद्व छन् । असारसम्म पाँच सय पु¥याउने लक्ष्य छौं । क्षेत्रगत हिसाबले हामीले सदस्यता बिस्तार गर्न सक्छौं ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारीको संख्यात्मक वृद्धिका साथसाथै गुुणस्तर पनि बढाउनुपर्छ
उर्जा र कृषिमा लगानी गर्ने याेजना छ
सहकारीमा मर्ज वाध्यकारी व्यवस्था हुनुहुदैँन
वस्तु तथा सेवाको गुणस्तरीयतामा जोड दिएका छौं