टेवाले मनायो दशौँ वार्षिक उत्सव


ललितपुरको हात्तिवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाले  विभिन्न कार्यक्रमसहित दशौँ वार्षिक उत्सव मनाएको छ । संस्थाले प्रत्येक वर्ष स्थापना दिवसको दिन पारेर रक्तादन कार्यक्रम तथा विपन्न-जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । यस वर्ष संस्थाले आफ्नै भवन प्राङ्गडमा हिजो राखेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए । प्रत्येक वर्ष राखिने रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता हुने संस्थाका अध्यक्ष माधव दुलालले बताए । संस्थाको स्थापना दीवस साउन १६ गते भएता पनि रक्तदान कार्यक्रम विदाको दिन पारेर हिजो नै राखिएको संस्थाका सचिव शरद महर्जनले बताए । संस्थाले सरकारी स्कूलमा प्रातमिक तहमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम आज साँझ ४ बजे राखेको छ । प्रत्येक वर्ष वार्षिकोत्सवका दिन ५० भन्दा बढि विद्यार्थीहरूलाई संस्थाले शैक्षिक सामग्री प्रदान गर्दै आएको महर्जनले बताए । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन