सहकारी विधेयक संसद्‌मा, रोक्ने प्रयासमा सहकारीका सांसद्‌हरू


लामो समयदेखि प्रतिक्षारत तथा विवादास्पद रहेको सहकारी विधेयक व्यवस्थापिका संसद्‌मा दर्ता भएको छ । सहकारी क्षेत्रबाट पटकपटक गरिएको सुझावलाई बेवास्ता गर्दै सरकारले विधेयक सदनमा दर्ता गराएको सहकारीकर्मीहरूको आरोप छ ।

राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले २०४८ को सहकारी ऐनको स्पिरिटलाई मार्ने गरी नयाँ ऐन ल्याउन तथा ऐन संशोधन गर्न विगत १५ वर्ष देखि प्रयास भइरहेको बताए । ‘मैले सकेसम्म रोक्ने प्रयास गरेको हुँ ।’ बास्कोटाले भने, ‘अहिले राष्ट्रिय सहकारी संघका अध्यक्ष र उपाध्यक्ष दुबै जना संसद्‍को सदस्य हुनुहुन्छ, उहाँहरूको प्रयास सहकारीको हितमा होला भन्ने अपेक्षा गर्छु ।’

राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद् केशव बडालले सहकारी विधेयक सहकारी अभियानको भावना अनुरूप नआएको र यसमा धेरै कुरा सुधार गर्नुपर्ने रहेको बताए । ‘हामी छलफल गर्नेछौँ ।’, बडालले भने, ‘जस्ताको तस्तै रूपमा विधेयक पारित हुनुहुँदैन ।’

राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवं सांसद् ओमदेवी मल्लले यो विधेयकलाई खारेज गरेर सहकारी मैत्री ऐन ल्याउने दाबी गरिन् । ‘यो ऐन आएमा सहकारी चल्नै सक्दैनन् ।’ मल्लले भनिन्, ‘एकतर्फी रूपमा ल्याईएको छ, यसलाई असफल बनाउनै पर्छ ।’ विधेयकलाई सकेसम्म एजेन्डामै नपार्नका लागि सभामुख समक्ष डेलिगेशन जाने तयारी आफूले गरिरहेको सांसद् मल्लले सहकारी नेपालसँग बताईन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस