रहेनन् साकोस अभियन्ता भोजराज घिमिरे


साउन १७, काठमाडौँ,। नेपालको बचत तथा ऋण सहकारी (SACCOS) अभियानका प्रणेता एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का संस्थापक अध्यक्ष भोजराज घिमिरेको ८७ वर्षको उमेरमा आज बिहान ३:५० बजे निधन भएको छ । ब्रोङ्काईटिस र निमोनियले ग्रसित घिमिरेको स्वास्थ्यमा सुधार हुन नसकेपछि हिजो साँझ ओम अस्पताल बाट पशुपतिनाथ स्थित घाटे बैद्यकोमा लगिएको थियो ।

घिमिरेप्रति श्रद्धासुमन व्यक्त गर्दै  सोमबार  बिहान ८ बजे अन्तिम श्रद्धान्जलीका लागि आर्यघाट पुग्न नेफ्सकुनका महासचिव परितोष पौडेलले  सहकारी अभियन्ताहरूलाई फेसबुकमार्फत अनुरोध गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न
सहकारीको साधारणसभा पुष भित्रै गर्न विभागको सूचना
कुरा सुनिदिएर मात्र पनि जोगाउन सकिन्छ आत्महत्याबाट