साउन १७, काठमाडौँ,। नेपालको बचत तथा ऋण सहकारी (SACCOS) अभियानका प्रणेता एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का संस्थापक अध्यक्ष भोजराज घिमिरेको ८७ वर्षको उमेरमा आज बिहान ३:५० बजे निधन भएको छ । ब्रोङ्काईटिस र निमोनियले ग्रसित घिमिरेको स्वास्थ्यमा सुधार हुन नसकेपछि हिजो
साँझ ओम अस्पताल बाट पशुपतिनाथ स्थित घाटे बैद्यकोमा लगिएको थियो ।
घिमिरेको आज बिहान ८:०० बजे पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेफ्सकुन पदाधिकारीका साथै सहकारी अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।