नेफ्सकुनका संस्थापक अध्यक्ष घिमिरेको अन्येष्टी पशुपतिको आर्यघाटमा


साउन १७, काठमाडौँ,। नेपालको बचत तथा ऋण सहकारी (SACCOS) अभियानका प्रणेता एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का संस्थापक अध्यक्ष भोजराज घिमिरेको ८७ वर्षको उमेरमा आज बिहान ३:५० बजे निधन भएको छ । ब्रोङ्काईटिस र निमोनियले ग्रसित घिमिरेको स्वास्थ्यमा सुधार हुन नसकेपछि हिजो
साँझ ओम अस्पताल बाट पशुपतिनाथ स्थित घाटे बैद्यकोमा लगिएको थियो ।

घिमिरेको आज बिहान ८:०० बजे पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेप्रति अन्तिम  श्रद्धाञ्जली व्यक्त गर्न नेफ्सकुन पदाधिकारीका साथै सहकारी अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक