सहकारीले अस्पताल सञ्चालन गर्ने


पर्सा, मंसिर ५ । पर्साको एक सहकारीले अस्पताल सञ्चालन गर्ने भएको छ । एकता समूह बचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुर घुर्मीले हेल्थ केयर सेन्टर सञ्चालन गर्न लागेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुण महतोले हेल्थ केयर एन्ड रिसर्च सेन्टरको उदघाटन गदैं वुधबारबाट सेवा दिन सुरु समेत गरिसकेको छ । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख महतोले सर्वसाधरणलाई सरल र सुलभ तरीकाले स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे । उनले सरकारले गाँउ गाँउमा स्वास्थ्य चौकीहरुको स्थापना भएपनि प्रयाप्त नभएको भन्दै हेल्थ केयर सेन्टरले प्रभावकारी सेवा प्रदान गर्नेमा विश्वास व्व्ब्यक्त गर्नुभयो । कार्यक्रममा जनता उच्च मावि बढनिहारका व्यवस्थापन समिति अध्यक्ष अरुण कुमार लाल कर्ण, जोखु चौधरी सामुदायिक हेल्थ केयरका सचिव विजय चौधी लगायतको उपस्थिती रहेको थियो । सहकारीका अध्यक्ष पन्नालाल कुशवाहको अध्यक्षतामा कार्यक्रम भएको थियो । बिशिष्ट अतिथी डा।योगेन्द्र प्रसाद यादब , बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष असगर अली अंसारी, अतिथीहरुमा जनता उच्च मा।बि।का प्रधानाध्यापक अरुण कुमारलाल कर्ण , समाजसेवी जंग बहादुर दास, नारायणी एफ।एम का संचारकर्मी एवम् सहकारी कर्मी रामनिवास देहाती , युवा तथा साना ब्यवसायी स्वारोजगार कोषको जिल्ला अनुगमन तथा संयोजन समितिका सदस्य सचिव सुनिल कुमार रौनियार , निर्धन उत्थान बैंकको योगेन्द्र ठाकुर , जुनतारा बचत तथा ऋण सहकारी संस्थाका प्रनिधि कल्पना क्षेत्री लगाएतका अतिथीहरुको उपस्तििथी रहेको थि


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२८ औं वार्षिक साधारणसभा सम्पन्‍न
क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न
रणनीतिक व्यवसायिक योजना कार्यशाला सुरु
जिल्ला बचत संघको आयोजनामा पर्ल्स तालिम सम्पन्‍न