‘कर प्रणाली उत्पादनमूलक छैन्’


बनेपा, मंसिर ५ । राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले नेपालको कर प्रणाली उत्पादनमूलक नभएको बताउनुभएको छ । उहाँले सहकारीका लागि छुट्टै कर नीति आवश्यक भएको समेत बनाउनुभयो ।
बनेपा स्थित परिकल्पना बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभामा बोल्दै अधिकारीले नेपालको कर प्रणाली उत्पादनमूलक बनाउन आवश्यक भएको बताउनुभयो । ‘सहकारीको क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ, यसको छुट्टै कर प्रणाली अपनाउन आवश्यक छ’ उहाँले भन्नुभयो । अधिकारीले सहकारी ऐन, समयसापेक्ष नभएको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
निजी क्षेत्रले बढी मुनाफा खोज्दा उपभोक्ता ओझेलमा परेको र सहकारीले न्यायोचित मुनाफा वितरण गरेको उहाँको भनाई थियो ।
संस्थाका अध्यक्ष पूर्णचन्द्र सिग्देलले सहकारीले उत्पादनशील क्ष्क्ष्क्ष्इेत्रमा लगानी गर्ने गरेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न