डोल्पामा सहकारी संघ तदर्थ समिति गठन


दुनै,मंसिर ६ । नेपालको अति विकट र दुर्गम रुपमा रहेको कर्णाली अञ्चलको डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा सहकारीकर्मीहरुको पहिलो भेला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको पहल र सहजीकरणमा सम्पन्न भेलाले जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न भेलामा नेफ्स्कून सञ्चालक कृष्ण पौडेल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुलाल बुढा, बालात्रिपुरा सुन्दरी बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मनोज बोहरा, दुनै बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालिमान बुढा, नमूना बचत तथा ऋण सहकारी संस्थाका ईन्द्रबहादुर बोहरा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गोराबहादुर बुढा, राष्ट्रसेवक सहकारीका सञ्चालक सपना बुढालगायतले बोल्नुभएको थियो ।

वक्ताहरुले राष्ट्रिय सहकारी अभियान र नेफ्स्कूनको प्रतिनिधिको उपस्थितिले आफुहरुलाई उत्साहित बताएको बताउदै जिल्लाको सहकारी अभियानमा सहयोग पु¥याएकोमा कृतज्ञता ज्ञापन गरेका थिए । उनीहरुले जिल्लाका सहकारीहरुको समस्याहरु प्रस्तुत गरेका थिए ।

नेफ्स्कून सञ्चालक पौडेलले जिल्लाको सहकारी अभियानलाई अघि बढाउन केन्द्रसंग संयोजन गर्ने बताउदै राष्ट्रिय सहकारी अभियानमा जिल्लाका सहकारीहरुलाई आवद्ध गराउन आग्रह गर्नुभयो ।

जिल्ला सहकारी संघको तदर्थ समितिमा अध्यक्ष मनोज बोहोरा, सदस्यहरु जगतबहादुर शाही, सपना बुढा, तुलबहादुर बुढा र लालिमान बुढा हुनुहुन्छ । जिल्ला बचत तथा ऋण सहकारी संघको तदर्थ समितिमा अध्यक्ष विष्णु केसी, सदस्यहरु जगतबहादुर शाही, तुलबहादुर बुढा, लालिमान बुढा र सुरेन्द्र कठायत हुनुहुन्छ । एक महिनाभित्र दुवै संघको दर्ता प्रक्रिया अघि बढाउनेसमेत भेलाले निर्णय गरेको छ ।

जिल्लामा सबै प्रकृतिका गरी पन्ध्र सहकारी संस्था दर्ता भई क्रियाशिल रहेका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?