यस्तो छ महिला अभियान बचत तथा ऋण सहकारी संस्था अवस्था


नामः महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि .

ठेगानाः वालकोट २ , भक्तपुर

सम्पर्क फोनः ०१६६३३८६१

दर्ता मितिः २०६२ फागुन २३ गते

दर्ता नम्वरः २२८(१०७)०६२।०६३

स्थाइ लेखा नम्वरः ३०२३३५७७१

कार्य क्षेत्रः भक्तपुर स्थित बालकोट , दधिकोट र सिरुटार गा.वि.स

सदस्य संख्याः ६९८ हाल

परिकल्पना (ख्क्ष्क्क्ष्इल्)

“समृद्धिको लागि उत्कृष्ट नमुना महिला सहकारी”

ध्येय (ःष्ककष्यल)

आर्थिक सामाजिक सांस्कृतिक उत्थानको लागि समुदाय मैत्रि भई गुणस्तरिय सेवा सुविधा प्रदान गर्दै संस्थाको दिगो विकास गर्ने

उद्येश्यहरु ( इदवभअतष्खभक०

१. सदस्यहरुको आर्थिक तथा सामाजिक जीवन स्तर उठाउनको लागि बचत र ऋण्का अतिरिक्त अन्य आवश्यक कार्यहरु गर्ने ।

२ सदस्यहरुमा स्वावलम्वन पारम्परिक सहयोग र मीतव्ययिताको विकास गर्दै नियमित बचत गर्ने बानी वसाल्ने

३ सहकारी शिक्षा , तालिमका साथै स्वास्थ्य तथा सामाजिक सेवा प्रदान गर्ने  ।

४ अन्तर सहकारी सम्बन्ध विकास तथा विस्तारमा जोड दिने ।

५ संस्थाका सदस्यहरुबाट बचत संकलन गरि उत्पादनमूलक तथा अन्य आयमुलक कार्यको लागि उचित ब्याजदरमा सरल तरिकाले ऋण प्रवाह गर्ने ,

आवद्धता

१ राष्टिय सहकारी बैंक लि , कुपोन्डोल , ललितपुर

२ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. , नया वानेश्वर , काठमाडौं

३ जिल्ला सहकारी संघ लि , भक्तपुर

४ जिल्ला बचत तथा ऋण सहकारी संघ लि , भक्तपुर

 

 पृष्ठभुमी 

भक्तपुर जिल्ला स्थित वालकोट गा.वि.स मा रहेका ३७ जना महिलाहरुको अगुवाईमा वालकोट ,सिरुटार र दधिकोटका महिलादिदि वहिनीहरुलाइ समेट्ने उद्येश्यले  “वचत गरौं जीवनस्तर उकासौं, ऋण लिऔं, उद्यमी बनौं” भन्ने मूल नारा लिई एक आपसमा वित्तिय कारोवारको आदान प्रदान गर्ने अभिप्रायले महिलाहरुले मात्र संचालन गर्ने गरी २०६२ साल फाल्गुण २३ गते भक्तपुर जिल्लाको डिभिजन सहकारी कार्यालयमा तत्कालीन अध्यक्ष सरिता भटट्राईको नेतृत्वमा यस महिला अभियान बचत तथा ऋण सहकारी संस्थाको  विधिवत रुपमा दर्ता भएको हो । साथै २०६३ साल बैसाख १ गते देखि कारोवारको सुभारम्भ ३७ जना शेयर सदस्यहरु तथा ७४००० शेयर पुजीबाट प्रारम्भ भएको हो । तत्पश्चात निरन्तर आफ्नो कारोवारमा वृद्धि गर्दै यो संंस्था आज आठौ वर्ष पुरा गरि नवौ वर्षमा प्रवेश गरेको छ । हाल आएर यो संस्थाको शेयर पुजी ५९,१७,७००।  वचत ३,१५,९८,४७८।०१ कर्जा लगानी २,८३,६६,८४६। कारोवार ४,१७,४४,३१२।०५ तथा सदस्य संख्या आषाढ मसान्त सम्ममा ६७३ हाल ६९८ पुग्न सफल भएको छ । साथै संस्थाले आफ्नो भवन निर्माण प्रयोजनका लागि संस्थाको नाममा ३ आना ३ पैसा २ दाम जग्गा खरिद गर्न सफल भएको छ । हाल भक्तपुर जिल्लामा महिलाहरु द्वारा संचालित सहकारी संस्थाहरु मध्ये वाट यो संस्था कारोवारको आधारमा अग्रस्थानमा रहेको छ ।

सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक जिवन स्तरमा सुधार ल्याउनु संस्थाको जिम्मेवारी हो भने छरिएर रहेको पुंजीलाई एकिकृत गरि त्यसको सहि सदुपयोग गर्नु यसको प्रमुख उद्येश्य हो त्यसैले आफ्नो कार्य प्रारम्भ गरेदेखि हालसम्म सदस्यहरुसंग छरिएर रहेको  पूंजीलाई बचतको रुपमा संकलन गरि त्यसलाई सहि ठाउंमा लगानी गर्दै सदस्यहरुको जीवनस्तर उकास्न मद्धत गरिरहेको छ ।

सहकारी आन्दोलन नै राष्ट्र निर्माणका लागि टेवा पुर्याउने महत्वपूर्ण माध्यम भएको र यसमा महिला सहकारीकर्मीहरुको समेत उत्तिकै भूमिका रहने हुनाले राष्ट्यि तहमा नेतृत्वदायी भूमिका प्रदान गर्न सक्ने महिलाहरु उत्पादन गर्नु यस संस्थाको चुनौतिपूर्ण उद्येश्य हो । यो उद्येश्य पुर्तिका लागि यस संस्थामा आवद्ध सदस्यहरुलाई समयसमयमा तालिम गोष्ठि कार्यशाला आदिमा सहभागी गर्नै गराउने काम समेत गर्दै आएको छ ।

संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक जिवन स्तर अभिबृद्धि गर्न स्थापनाकाल देखि नै यस संस्थाका सदस्यहरुलाई व्यवसायी वनाउने र सोहि व्यवसाय वाट आर्जित रकमलाई बचत गर्ने परिपाटीमा जोड दिएको छ  ।

यस संस्थालाई समयानुकुल परिवर्तन गर्दै नया सोच र जांगरले काम गर्दै अझ अगाडि लैजाने हामी नेतृत्व वर्गको कांधमा चुनौतीपुर्ण जिम्मेवारी छ ।

नेतृत्व विकासमा महिला अभियान

सहकारी आन्दोलन नै राष्ट्र निर्माणका लागि टेवा पुर्याउने महत्वपूर्ण माध्यम भएको र यसमा महिला सहकारीकर्मीहरुको समेत उत्तिकै भूमिका रहने हुनाले राष्ट्यि तहमा नेतृत्वदायी भूमिका प्रदान गर्न सक्ने महिलाहरु उत्पादन गर्नु यस संस्थाको चुनौतिपूर्ण उद्येश्य हो । यो उद्येश्य पुर्तिका लागि यस संस्थामा आवद्ध सदस्यहरुलाई समयसमयमा तालिम गोष्ठि कार्यशाला आदिमा सहभागी गर्नै गराउने काम समेत गर्दै आएको छ  र सफल हुदै गएको छ । यस संस्थामा आठ वर्ष सम्म नेतृत्व लिनु भएका संस्थाका पुर्व अध्यक्ष सरिता भट्टराइ यस संस्थाबाट प्रतिनिधित्व गरि राष्ट्रिय सहकारी वैकमा अत्याधिक मतले पुनः दोस्रो पटक विजयी हुनु भई संस्थाको नामलाई राष्टियस्तरमा पुरयाउन सफल हुनुभएको छ । यसले संस्थाका अन्य पदाधिकारीहरुलाई समेत थप उर्जा दिएको महशुस भएको छ ।

 

सीप विकासमा महिला अभियान

संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक जिवन स्तर अभिबृद्धि गर्न स्थापनाकाल देखि नै यस संस्थाका सदस्यहरुलाई व्यवसायी वनाउन सीप विकासलाई ध्यानमा राखी विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ जस्तै मोमबत्ती ,धुप, झोल सावुन , डुनट कुकिज , सिलाइ कटाइ  आदी बनाउने तालिम ।

चेतनामुलक कार्यमा महिला अभियान

सहकारीको सिदान्त समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गर्दै, महिलाहरुका पाठेघर क्यान्सर तथा स्तन क्यान्सर सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु, प्यापस्मेर परिक्षण, स्वास्थ्य शिविरहरु ,सरसफाई कार्यक्रम संचालन गर्दै आएको छ।

 

स्वनिर्भरतामा महिला अभियान

यस संस्थामा निर्वाचित संचालक समिती र लेखा समिती सअित विभिन्न निम्नानुसारको ८ वटा उपसमितिहरु बनाइ कार्यसम्पादन गर्ने गरेको छ ।

 

 

उपसमितिहरु

१.ऋण उपसमिति २. शिक्षा तथा तालिम उपसमिति ३.महिला जागरणउपसमिति

४.कृषि व्यवस्थापन उपसमिति ५.स्वास्थ्य उपसमिति ६.ऋण असुली उपसमिति

७. बृद्ध तथा वालवालीका उपसमिती   ८.युवा उपसमिति

यि उपसमितीहरु मर्फत आफ्नो जिम्मेवारी पुरा गर्दै सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक कार्यमा सकारात्मक प्रभाव पर्ने गरि विभिन्न कार्य गर्दै आएको छ । जस्तै कर्जा लगानी असुली सक्रिय र सहि तरिकावाट लगानी गर्ने र खराव कर्जा हुन वाट जोगाउने , सदस्यहरुलाई मासिक सहकारी शिक्षा दिनुका साथै विभिन्न सहकारी सम्बन्धि तालिम र अवलोकन गराउंदै आएको छ । महिलाहरुलाई जागरुक वनाई व्यवसायी वनाउन प्रयत्न शिल रहने , कृषिमा आधारित सदस्यहरुका लागि उनिहरुको माग र आवश्यकता अनुसार विउ विजन उपलब्ध गराउने साथै कृषि सम्बन्धि तालिम तथा अवलोकन गराउने गरेको छ । सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखि आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गराउनु का साथै स्वास्थ्य सम्बन्धि चेतना मुलक कार्यक्रमहरु गर्ने गरेको छ । संस्थाका जेष्ठ सदस्यहरुलाई समय समयमा तिर्थाटन गराउने तथा सम्मान गर्ने गरेको  छ भने वाल वचत कर्ता भाइ वहिनीहरुको वालक्लव गठन गरि उनिहरुको आवश्यकता अनुसार चित्रकला , खेलकुद , हाजिरी जवाफ जस्ता कार्यक्रम गर्न सुरु गरिएको छ  । संस्थाका युवाहरुलाई समेत सहकारी सम्बन्धि ज्ञानहोस भनि युवा उपसमिती मार्फत समुदाय प्रति जिम्मेवार वनाउने उद्येश्यले विभिन्न कार्यक्रममा सहभागी गराई सहकारीलाई बुझ्ने वातावरण वनाइएको छ ।

त्यसैगरि ७ जना महिला दिदीवहिनीहरुलाई जो संस्थाका सदस्य नै हुनुहुन्छ , वहाहरुलाइ संस्थाकै कार्यालयमा प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्न सफल भएको छ । त्यसैगरि सयौ महिला दिदीवहिनीहरुदारा संस्थावाट कर्जा लिइ आफ्नो व्यापार व्यवसाय संचालन गरि प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक लाभ लिन सफल हुनुभएको छ । यसर्थ महिला अभियान महिलाहरुलाई आर्थिकरुपले आत्मनिर्भर बनाउने अभियानमा सफल हुदै गएको छ ।

साथै महिला अभियानले बचत र ऋणको मात्र कार्य नगरेर सहकारीका ७ सिद्धान्तलाई आत्मसाथ गर्दै आफ्ना सदस्यप्रति जिम्मेवार भएर काम गर्न प्रयत्न गरेको छ भन्ने बुझ्न सकिन्छ ।.

संस्थामा बचतका प्रकार

१) मासिक वचत  २) बाल शिक्षा वचत ३) विशेष बचत ४) साधारण बचत ५) दैनिक बचत ६) दशैतिहार बचत( १ वर्षे) ७) शुरक्षित जिवन बचत  ८) चाडपर्व बचत

कर्जाका प्रकारहरु

१) व्यापार कर्जा  २) भवन निर्माण कर्जा   ३) शैक्षिक कर्जा   ४) स्वास्थ्य कर्जा

५) जग्गा विकाश कर्र्जा  ६) कृषि कर्जा ७) सामान खरिद कर्जा  ९) आवधिक कर्जा

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
संमृद्ध समाज निर्माणमा सहकारी अभियान प्रवीण सापकोटा
सहकारीलाई बाँध्‍न स्वनियमन
सहकारीका उपलब्धी र चुनौती