कान्तिपुरीको १६औँ वार्षिक साधारणसभा सम्पन्न


DSCN8729कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको १६ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंका प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले संस्थाको वार्षिक साधारणसभाको उद्घाटन गर्दै कान्तिपुरी सहकारी संस्थाले स्थानिय स्तरमा शसक्त ढंगले काम गरेको बताए । उप्रेतीले राष्ट्रिय सहकारी बैंको गोंगवु शाखा स्थापना र सञ्चालनमा कान्तिपुरीले ठुलो सहयोग पुर्‍याएको भन्दै प्रशंसा गरे । सहकारीले सदस्यहरूलाई व्यवसायी बनाउनका लागि काम गर्ने क्रममा पूँजी र प्रविधिको अभाव भए राष्ट्रिय सहकारी बैंक सहयोग गर्न तयार रहेको उप्रेतीले बताए । कार्यक्रमका विशिष्ट अतिथि महेन्द्र नारायण निधि मेमोरिअल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष भानुभक्त ढकालले सहकारी संस्थाहरूले आफ्ना सदस्यको स्वास्थ्यमा चासो राख्दै रोग लाग्न नदिने तिर बिचार पुर्‍याउनुपर्ने धारणा राखे । ढकालले सहकारीहरूले सामुहिक रूपमा अस्पताल सञ्चालन गर्दा सबै सहकारीका सदस्यहरूले सर्वसुलभ स्वास्थ्य सेवा पाउने बताए । शुभकामना मन्तव्यका क्रममा कास्कुनका लेखा समिति संयोजक कमलराज अधिकारीले सहकारी ऐन सहकारीको प्रबर्धन र विकासका लागि अनुकुल हुने गरी ल्याइनु पर्नेमा जोड दिए । संस्थाका अध्यक्ष मनोज भण्डारीले संस्थाले कारोबार विस्तार भन्दा पनि सदस्य सेवामा बृद्धि गर्ने लक्ष्य लिएको बताए । साधारणसभामा शैक्षिक सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, ज्येष्ठ नागरिक सम्मानद्वारा विभिन्न व्यक्तीहरूलाई सम्मानित गरिएको थियो । साधारणसभास्थलमा महेन्द्र नारायण निधि मेमोरिअल अस्पतालद्वारा राखिएको निशुल्क स्वास्थ्य शिविरमा संस्थाका सदस्यहरूको स्वास्थ्य परिक्षण गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून