बित्तिय पहुँच अभिबृद्धिका लागि बेलायती सहयोग


नेपालका २ सय बचत तथा ऋण सहकारी (साकोस)हरुको क्षमता अभिवृद्धिका लागि यूके एड र नेफ्स्कून बीच आज सम्झौता भयो । साकोसका सदस्यहरुको सुदृढ जीवनस्तरका लागि परियोजना सञ्चालन गर्ने जनाइएको छ । नेपालका मध्यपश्चिम र सुदुर पश्चिमका १० जिल्लाका साकोस सदस्यहरूको सशक्तिकरण मार्फत व्यावसाय अभिबृद्धि, पहुँच विस्तार तथा अन्य वित्तीय संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि नेफ्स्कूनले लुईस वर्गर सँगको साझेदारीमा “वित्तीय सहकारीहरुको क्षमता विकास मार्फत समुदायमा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम” सञ्चालनको सम्झौता गरेको जनाएको छ । राजधानीमा आज आयोजित सम्झौता हस्ताक्षर कार्यक्रमको उद्घाटनका क्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले वित्तीय पहुँच अभिवृद्धि गरी नागरिकको जीवनस्तर परिवर्तनका लागि यो सम्झौता फलदायी हुनेमा विश्वास व्यक्त गरे । बडालले अझ विपन्न जिल्लाहरुमा समेत कार्यक्रम विस्तार गर्नु पर्नेमा जोड दिए । उनले नेफ्सकुनका सामु युके एडका नेपालमा रहेका ३५ साझेदार मध्ये अब्बल हुनुपर्ने चुनौति थपिएको बताए । कार्यक्रममा सक्षम परियोजनाका टीम लिडर बलजित बोहराले वित्तीय पहुँचको अभावमा नागरिकको जीवन समृद्ध हुन नसक्ने भन्दै लक्ष्यित समुहको जीवनस्तर परिवर्तनका लागि नेफ्स्कूनसँग साझेदारी गरेको बताए ।

परियोजनाको अबधि तीन वर्षको अर्थात् २०१९ जुनसम्म रहेको छ भने मध्य तथा सुदुर पश्चिम विकास क्षेत्रका प्युठान, सल्यान, रुकुम, रोल्पा, दाङ, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी १० जिल्लाका ४२ गाविस र ९ नगरपालिका भित्रका २ सय साकोसको क्षमता विकास गरी तीनका सदस्यहरूको वित्तीय पहुँच अभिवृद्धिमा सहयोग गर्ने लक्ष्य रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक